• राप्रपा पथरीशनिश्चरे नगर प्रमुखको उमेद्वार सम्बर राई

    मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगर प्रमुख र उपप्रमुखसहित १० वटै वडामा मनोनयन दर्ता गरेको छ ।
    आइतबार निर्वाचन कार्यालय पुगेर नगर प्रमुखमा सम्बर राई, उपप्रमुखमा रमा तिम्सिनाले मनोनयन दर्ता गरेका हुन । त्यसैगरी वडा १ देखि १० सम्म क्रमस महेन्द्र कार्की, जितन पाठक, दीपकराज सुवेदी, सुरज मगर, मोहन तिम्सना, अभिशेक तिम्सिना, लुकनाथ दाहाल, नारायण थापा, हरेन्द्रमान खत्री र श्रीकाङबा लिम्बूले वडा अध्यक्षमा मनोनयन दर्ता गरेका हुन ।
    एमालेले प्रमुखमा मोहन तुम्बपो र उपप्रमुखमा देबिमाया काफ्लेलाई टिकट दिएको छ । माओवादीले दिनानाथ तिम्सिना र अनु राईलाई प्रमुख, उपप्रमुख बनाउने घोषणा गरेपनि पाँच दलीय गठबन्धन यो समाचार तयार पार्दासम्म मिलिनसकेको छैन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…