• मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा आइतवार मंगोल नेशनल अर्गनाइजेशनले नगर प्रमुख र उपप्रमुखसहित मनोनयन दर्ता गरेका छन् । 
    मंगोलले पथरीशनिश्चरेमा नगर प्रमुखमा पुनम साम्पाङ राई र उपप्रमुखमा शर्मिला लिम्बुले मनोनयन दर्ता गरेका हुन । 
    नगरपालिकाको वडा नं. १ को अध्यक्षमा गणेशप्रसाद घले, २ मा पूर्ण लिम्बु, ३ मा बिक्रम फेम्बो लिम्बु, ४ नं. वडा अध्यक्षमा उमेश चाम्लिङ राई, ८ मा सुबास राई, ९ नं. वडा अध्यक्षमा बालकुमार लिम्बु र १० मा रणध्वज चोङबाङ लिम्बुले मनोनयन दर्ता गरेका हुन् । 
    भाले चुनाव चिन्ह भएको मंगोल नेशनल अर्गनाइजेसन वडा नं. ५ र ६ बाहेक सबै वडामा सदस्यसहित मनोनयन दर्ता गरेका हुन । ७ नम्बर वडामा भने आइतबार सदस्यमा मात्र मनोनयन परेको छ । 
    मंगोल नेशनल अर्गनाइजेशन २ वटा पार्टीमा बिभाजित छ । बुद्ध मेचे नेतृत्वको मंगोल निर्वाचनमा रहेका छने भने वीरलाल राई नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन गोपाल गुरुङ नामको संगठन निर्वाचनमा सहभागि रहेको छैन । 


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …