• मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा आइतवार मंगोल नेशनल अर्गनाइजेशनले नगर प्रमुख र उपप्रमुखसहित मनोनयन दर्ता गरेका छन् । 
    मंगोलले पथरीशनिश्चरेमा नगर प्रमुखमा पुनम साम्पाङ राई र उपप्रमुखमा शर्मिला लिम्बुले मनोनयन दर्ता गरेका हुन । 
    नगरपालिकाको वडा नं. १ को अध्यक्षमा गणेशप्रसाद घले, २ मा पूर्ण लिम्बु, ३ मा बिक्रम फेम्बो लिम्बु, ४ नं. वडा अध्यक्षमा उमेश चाम्लिङ राई, ८ मा सुबास राई, ९ नं. वडा अध्यक्षमा बालकुमार लिम्बु र १० मा रणध्वज चोङबाङ लिम्बुले मनोनयन दर्ता गरेका हुन् । 
    भाले चुनाव चिन्ह भएको मंगोल नेशनल अर्गनाइजेसन वडा नं. ५ र ६ बाहेक सबै वडामा सदस्यसहित मनोनयन दर्ता गरेका हुन । ७ नम्बर वडामा भने आइतबार सदस्यमा मात्र मनोनयन परेको छ । 
    मंगोल नेशनल अर्गनाइजेशन २ वटा पार्टीमा बिभाजित छ । बुद्ध मेचे नेतृत्वको मंगोल निर्वाचनमा रहेका छने भने वीरलाल राई नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन गोपाल गुरुङ नामको संगठन निर्वाचनमा सहभागि रहेको छैन । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…