• भैरहवा, १४ वैशाख
    रुपन्देहीको सिद्धार्थनगर-१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्‍याइएकाे छ ।

    वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बाेटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।

    वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् । '२०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो, विरुवा कसले ढाल्यो भन्ने खुलेको छैन,' वडा अध्यक्ष करुन्जन श्रेष्ठले भने । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिकाे समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए । सिसी क्यामराकाे फुटेज पनि हेरिने उनले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…