• काठमाडौ । विभिन्न राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी संगठन, प्रेस (पत्रकार) संगठनको केन्द्रीय महासिचवदेखि पहिचानमा आधारित पार्टीको केन्द्रीय सचिवसम्म भएर काम गरेका सुकदेब चाम्लिङ राई नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । 
    स्थायी घर सुनसरी धरान भएका चाम्लिङ काठमाडौ बस्दै आएका छन् । उनी एमालेसम्बद्ध अखिलको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको सिफ्ट कमिटी सचिव, तत्कालीन संघीयको समाजवादी पार्टीको संघीय प्रेस युनियनका संस्थापक महासचिव, यदवसँगको एकतापछि उपाध्यक्ष, खम्बुवान राष्ट्रिय मोर्चाका धरान नगर सचिव, केन्द्रीय सदस्यहुँदै केन्द्रीय सचिव भएर काम गरेका सुकदेव चाम्लिङ राई २०७४ सालदेखि माओवादी केन्द्रमा आवद्ध भएका थिए । पहिचानसहितको संघीयता र आदिवासी जनजाति आन्दोलनमा सक्रिय चाम्लिङलाई बुधबार किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्यमा मनोनयन गरिएको मोर्चाको केन्द्रीय अध्यक्ष राजन किराती (बासु)ले बताए । 
    चाम्लिङलाई मोर्चाको केन्द्रीय सदस्यको जिम्मेवारीको साथ आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आधार क्षेत्र सुनसरीको धरानमा गएर पार्टीले उठाएका र गठबन्धनका उमेद्वारहरुलाई जिताउन समेत जिम्मेवारी दिइएको नियुक्ति पत्रमा उल्लेख छ ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…