• महोत्तरी, १४ वैशाख 

    टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो । 

    टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सिर्जना गर्ने नेताहरूको विषयमा नेता फुयालको मात्र आक्रोश छैन, अहिले महोत्तरीका चिया पसल, सहर र गाउँमा यस्तै टिकाटिपणी हुन थालेकाे छ ।

    टिकट नपाएपछि जिल्लाभरिबाट नै पार्टीविरुद्ध बागी उम्मेदवार उठेर विद्रोह गर्ने उम्मेदवारहरू आफ्नै दल बलसहित चुनावीमा प्रतिस्पर्धामा होमिएका छन् । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजु खड्काविरुद्ध रुद्र सुस्लिङ्ग मगरले बागी उम्मेदवार दिए भने  कांग्रेसबाट उम्मेदवार बनेका चिरन्जीवी हमालविरुद्ध प्रल्हाद क्षेत्रीले बागी उम्मेदवार दिए ।

    लामो समयदेखि पार्टीको विरासतमा नै रमाइरहेका व्यक्तिहरू एउटा व्यक्तिले टिकट नपाएको असन्तुष्टिमा बागी उम्मेदवारलाई समर्थन गर्न पुगेका छन् ।  जिल्लामा पालिका प्रमुखमात्र हैन वडाअध्यक्षदेखि वडा सदस्यसम्म बागी उम्मेदवार छन् । निर्वाचन आयोग महोत्तरीका कार्यालय प्रमुख सुवोध कुमार महतोका अनुसार २५ जनाभन्दा बढीले बागी उम्मेदवारमा मनोनयन दर्ता गराएका छन । जसमध्य पाँच जना पालिका प्रमुखमा, सातजना उपप्रमुख र बाँकी वडा अध्यक्ष र वडा सदस्य छन् ।

    टिकटकै लागि निर्वाचनको संघारमा धेरै जनाले पार्टी अदलबदलसमेत गरे । टिकटकै लागी पार्टी परिवर्तन गर्ने व्यक्ति जता गए पनि घातक बनिरहने माओवादी केन्द्रका उमेश महतो बताउँछन् । `पाटीभित्रका मूल्य, मान्यता र सिद्धान्त बिर्सेर टिकटका लागि अर्को पार्टीमा हाम फाल्नेहरू अवसरवादी हुन्,´ उनी भन्छन ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…