• मुगु, १३ वैशाख     

    जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंङगाचौरका  २२ वर्षीय प्रकाश विश्वकर्मा काका मक्करबहादुर कामीको औषधि उपचार गर्न बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पुगेका छन् । ३५ वर्षीय प्रकाशका काका विगत पाँच महिनादेखि जिब्रोमा क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्न ऋण र मजदुरीबाट आएको रकम बाेकेर उनी चितवनमा पुगेका हुन ।  

     तर, यतिबेला आफूले लिएर आएकाे पैसा सकिएकाले काका मक्करबहादुरकाे उपचारमा आर्थिक संकट भएकाे प्रकाशले बताए । गाउँबाट ऋण सापट गरी ल्याएको रकम चितवन पुग्दा र औषधि खर्चमा दुई लाखभन्दा बढी रकम सकिएकाे भन्दै प्रकाशले अहिले औषधि किन्नसमेत पैसा नभएकाे बताए । औषधि र खानेकुरा किनेर खान समेत समस्या भएकाे भन्दै उनले आर्थिक सहयाेगका लागि अपिल गरेका छन् । 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार हुन नसकेपछि चितवन पुगेका उनीहरू अहिले आर्थिक अभावमा परेपछि उपचार र खाना खानसमेत समस्यामा परेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिफर गरेरपछि उनीहरू चितवन पुगेका हुन् । 

    प्रकाशले काका मक्करबहादुरकाे उपचारमा आर्थिक सहयाेग गर्न चाहनेहरूले क्षेत्रबहादुर कामीको नाममा रहेको कुमारी बैंक लिमिटेडको खाता नम्बर ०८७०१३३०८६०००००१ मा पैसा जम्मा गरिदिनुहुन अनुराेध गरेका छन् । 

सम्वन्धित समाचार

चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्…

 नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँप…

म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ ।  जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिज…

आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद…