• उर्लाबारी २० बैशाख 
    यही बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचन लक्षित नेकपा एमाले उर्लाबारी ९ मा मेयर, उप-मेयर, वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारहरु गाउँकाे टाेलटाेलमा काेणसभा गरेकाे छ ।


    लिखित आफ्नो एजेन्डा वा प्रतिबद्धता सुनाउदै स्थानीयकाे समस्या र जनगुनासाे बुझ्न नगरवासी समक्ष पुगेका हुन । मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेल, उपमेयर मिना पाैडेल लगायत वडा नम्बर ९ का वडा अध्यक्ष सुरेन्द्रकुमार सेर्मा वडा सदस्यहरु झक्कडराना मगर, इन्द्र बानियाँ, महिला सदस्य चम्पा तामाङ र दलित महिला सदस्य इन्द्रमाया दजी सहितको टिम चुनावी माहाेल बनाउन गाउँकाे टाेलटाेलमा पुगेका हुन् । बिहान ७ बजेदेखि वडा नम्बर ९ काे जाेवाटाे, सुक्रबारे, रानाटाेल, असामेटाेल, नेगिटाेल, गाइघाट, महाराजथान, बाेडरलाइन, भाेटेपुल, कुलझाेडा, वजिटाेल, आम्बारी, छड्केटाेल, लामाटाेल र दुर्गापुरी स्थानहरूमा भाेटमाग्दै काेणसभा कार्यक्रम आयाेजना गरिएकाे हाे । 

    गाउँकाे टाेलटाेलमा भएकाे काेणसभामा उपस्थित वडावासीबाट याे पटक नेकपा एमालेलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए । साशक हैन सेवक भएर नगर, वडा र वडाबनसीकाे हितमा आफ्नाे कार्यकाल भरी काम गर्ने मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेलले प्रतिबद्धता व्यक्त गरेका थिए । निति, नियम र कानुनकाे पालना गर्दै वडावासी र वडाकाे विकासमा दत्तचित्त भएरलाग्ने वडाअध्यक्षका उम्मेदवार सुरेन्द्रकुमार सेर्माले बतनए ।

    भाेट अपिल संगै प्रचारप्रसार अभियानमा केन्द्रीय अनुशासन बिभाग सदस्य लक्ष्मीदेवि भण्डारी, नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तम्बाहम्फे, माेरङ जिल्ला अध्यक्ष ऋषिकेस पाेख्रेल, जिल्ला सचिव रुपेश खतिवडा, नगर इन्चार्ज तथा जिल्ला सदस्य उमाकान्त गाैतम, निर्वाचन परिचालन नगर संयाेजक तथा प्रदेश कमिटी सदस्य भुपाल जिमि, जिल्ला कमिटी सदस्य पुष्प ढकाल, उर्लाबारी नगर अध्यक्ष गंगा बास्ताेला प्रदेश कमिटी सदस्य डिल्ली आंपगाई र निर्वाचन परिचालन समिति संयाेजक लगायतकाे उपस्थिति रहेकाे थियाे । वडा नम्बर ९ मा मेयर, उपमेयर सहितकाे कार्यक्रम रहेकाे थियाे भने वडा नम्बर ८ का उम्मेदवारहरुकाे घरदैलो कार्यक्रम हिडेका संग दुर्गापुरी बजारमा दुवै वडाकाे भेला भएर काेणसभा बृहत रुपमा भएकाे थियाे ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…