• स्थानीय तहको निर्वाचनमा मोरङ पथरीशनिश्चरे नगरमा उपप्रमुखको मनोनयन दर्ता गरेसँगै बिन्दु राई सबैको साझा बिन्दुको रुपमा स्थापित हुँदै गएकी छन् । 
    परिवारै राजनीतिमा होमिएको कारण गृहिणीको भूमिका पनि सम्हाल्नु परेको कारण निक्कै लामो समय बिन्दु थोरै ओझेलमा परे झै भएकी थिइन । 
    चण्डीप्रसाद राई (चण्डी सर) मोरङ पथरीमा रहेको पञ्चायत माविको प्रधानाध्यापक छाडेर दोस्रो संविधान सभा सदस्य बिजयपछिको राजनीतिक ब्यस्तताले बिन्दु राईलाई घर सम्हाल्नु पर्ने बाध्यता भयो । बिन्दु चण्डीप्रसाद राईको श्रीमति हुन् । 
    मोरङ साबिक हसन्दह–१, कोठेबारीमा बि.सं. २०२८ सालमा जन्मिएकी बिन्दु अमरसिंह माविमा अध्ययन गर्दै अनेरास्ववियुबाट राजनीति सुरु गरेकी हुन । २०४२ सालतिर राई अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचिव भएर काम गरिन । 
    एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनको लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा गरेकी ब्यक्ति हुन् । उच्च शिक्षा अध्ययनको क्रममा बिन्दु राई अनेरास्ववियुको मोरङ जिल्ला कमिटी सदस्य, संगठनको महिला विभाग प्रमुख भएर काम गरे ।  
    यसैबेला पञ्चायन विरुद्धको आन्दोलन चर्कियो । २०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनको क्रममा बिन्दु राई लगायत प्रहरी नियन्त्रणमा परिन । बिन्दु राईलाई प्रहरीले २३ दिन हिरासतमा राख्यो । प्रविणता प्रमाणपत्र तह (आई.ए.) बिराटनगरमा सकेर स्नातक भने महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढिन । 
    पढाइसँगै बिन्दु राई नेकपा (एमाले) पथरीशनिश्चरे नगर कमिटी उपाध्यक्ष भएर संगठनको जिम्मेवारी सम्हालेकी ब्यक्ति हुन् ।  

    पथरीशनिश्चरे–२ स्थित लर्डबुद्ध सहकारी संस्थाको सञ्चालक समिति सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष भएर कार्य गरिसकेकी गरिन । उत्साही साना किसान सहकारी संस्थाको अध्यक्ष, पथरी बहुमुखी क्याम्पसको परिषद सदस्य, रेडक्रसको आजीवन सदस्य हुन् । 
    पथरीबाट प्रकाशित मोफसल साप्ताहिकको १० वर्षसम्म प्रकाशन समूहमा रहेर काम गरे । मोफसल राजधानी (उपत्यका) बाहिरको पहिलो ‘क’ वर्ग पत्रिका थियो । 
    बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तीन दलीय गठबन्धन (माओवादी केन्द्र, नेकपा एस र जसपा)बाट कलम चिन्हमा पथरी शनिश्चरे नगर उपप्रमुखको उमेद्वार बिन्दु राई यतिबेला निक्कै चर्चामा छिन् । 
    आफूले जितेपछि पथरीशनिश्चरे नगरमा शिक्षा, स्वास्थ्य, खानेपानि, सिंचाइ, युवालाई रोजगारी, मजदूर, किसान, महिला, युवा, बालबालिका, धार्मिक तथा सामाजिक संस्थाको बारे काम गर्न निक्कै लामो प्रतिबद्धता तयार परेकी छिन् बिन्दु राईले । नगरको फोहोर मैला बैज्ञानिक ढंगले ब्यबस्थापन गर्ने, भ्रष्ट्राचार निर्मुलको प्रयास गर्ने, नगरपालिकामा चुस्त सेवा दिन ब्यबस्था मिलाउने उमेद्वार राईको भनाइ छ । 
    महिलालाई श्रमदेखि राजनीतिमा हालसम्म विभेद कायम रहेको बिन्दुको भनाइ छ ।  तमाम विभेदको अन्त्य नभई समावेसी र समृद्ध मुलुक निर्माण हुन नसक्ने उनको तर्क छ ।  
    यतिबेला नगरको गाउँटोलमा बिन्दुको तीन कारणले चर्चा छ । गठबन्धनमा कमल चिन्दबाट उपप्रमुख उमेद्वारको आफैमा चर्चा हुने नै भयो । अर्को संविधान सभा सदस्य तथा पूर्व प्रअ (शिक्षक) चण्डीप्रसाद राई (चण्डी सर)को श्रीमती र अर्को राजनीतिक, सामाजिक ब्यक्तित्व बिन्दु राईले नेकपा (एस)को कलम चिन्हको चर्चा । 
    कस्तो छ त जितको सम्भावना भन्ने प्रस्नमा बिन्दु भन्छिन ‘माओवादी केन्द्र, नेकपा एस र जसपाको भोटको संख्या अनि आफन्तजन, हाम्रो संगठनको सहि विचारको कारण जित निश्चित छ भन्छन जनता ।’ उनी थप्छिन ‘जहाँ जाँदापनि तपाई नै हो उपप्रमुख भन्नुहुन्छ, जनता प्रति आम्रो बिस्वास छ, त्यसैले हाम्रो जित निश्चित जस्तै छ ।’


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि बजेट नीति तथा कार्यक्रम ल्याउन…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधी आयोजक—२ नं. वडा पा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…