• डीएन सर अर्थात दिनानाथ तिम्सिना । सर भन्नाले शिक्षक । डिएन सरको नामले परिचित मोरङ पथरीशनिश्चरेका दिनानाथ तिम्सिनाको अब भने नगर प्रमुख डिएन बन्ने संभाबना बढेर गएको छ । 
    दिनाथान तिम्सिना माओवादी केन्द्र, नेकपा एस र जसपा गरी तीन पार्टीको गठबन्धनबाट आगामी बैशाख ३० गते हुने निर्वाचनमा नगर प्रमुखको साझा उमेद्वार हुन् । 
    गएको २०७४ को स्थानीय तहको निर्वाचनमा मत संख्याको आधारमा माओवादी केन्द्र नगरको तेस्रो पार्टी हो । ठाडो हिसाब हेर्दा आफ्नो मतको रक्षा र गठबन्धन दल कलम (नेकपा एस) र छाता (जसपा)को मत थपिदा प्रमुखमा सिद्धै जित्ने दाबी गर्छन नेकपा माओवादी केन्द्रको पथरीशनिश्चरे नगर समिति उपाध्यक्ष कमल हाङबाङ लिम्बू । हुन त राजनीतिमा ठाडो हिसाव त्यति लागू हुन्न । यद्यपि जसरी हिसाव गरेपनि नगर प्रमुख बिजय हुने सम्भावना बढेर गएको पार्टीको नगर सहइन्चार्ज नेत्र पोख्रेल (बिशाल)को भनाइ छ । 
    दिननाथ तिम्सिना (डीएन) पथरीशनिश्चरेमा  राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा परिचय बनाएको नाम हो । 
    पथरीशनिश्चरे १ को स्थायी बसोबासी तिम्सिनाको औपचारिक शिक्षा भनें हालको कानेपोखरी गाउंपालिकास्थित जनसेवा माविबाट सुरु भएको हो । उनले सएलसी सम्मको अध्ययन राधिका मावि उर्लाबारीबाट पुरा गरे भने उच्च शिक्षा आईकम सम्मको अध्ययन शंकरदेव क्याम्पस काठमाडौंबाट पुरा गरेका हुन् ।
    वि.सं. २०४८ देखि स्थायी शिक्षक भई विभिन्न विद्यालयमा अध्यापन गराउंदै साविक शनिश्चरे गाविसको जनकल्याण प्रा.वि.मा प्रधानअध्यापकको जिम्मेवारीसमेत सम्हाली सकेका छन् । तिम्सिनाले शिक्षण पेशाको बिट मार्दै २०७८ पुसमा अवकाश लिएका ब्यक्ति हुन् ।
    सामाजिक संघ, सस्थाको हिसाबले तिम्सिना स्थानीय तिरुपती सहकारी संस्थाको संस्थापक सचिव, पथरी बहुमुखी क्याम्पस संचालक समितिको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको जिल्ला सदस्य, पूर्वाञ्चल ब्लड बैंकको अध्यक्षसंगै अन्य सामाजिक संघ संस्थाहरु काम गरेको अनुभाब छ । उनै तिम्सिना माओवादी जनयुद्धको बेला पथरी नागरिक समाजको सचिव भएर काम गरेका थिए । 
    सांगठानिक हिसाबले नेकपा माओबादीको बुद्धिजीवि संगठनको सदस्य हुदै माओवादी राजनीतिमा प्रवेश गरेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको मेची–कोसी सचिव, कोचिलाको ईञ्चार्ज, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष भई कार्य गरिसकेका डीएन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको उप–महासचिवको जिम्मेवारी समेत सम्हाली रहेका छन् । 
    देशको राजनीतिक परिवर्तनका लागि, २०६२÷०६३ को आन्दोलनमा तिम्सिनाको सक्रीयता निक्कै अग्रपंत्तीमा थियो । तिम्सीनाले अग्रमोर्चामा रहेर परिवर्तनको पक्षमा आवाज उठाउँदै अघि बढेका थिए । माओवादी केन्द्र पथरीशनिश्चरेको ईञ्चार्ज, जिल्ला सचिवालय सदस्य हुंदै प्रदेश नं. १ को सदस्य रही राजनीतिमा होमिएका छन् । 
    ‘पूरा गर्नै नसक्ने महत्वकांक्षी गफ होइन, गर्नैपर्ने साना कामबाट हामी परिवर्तनको सुरुवात गर्छौं ।’ नगर प्रमुखको उमेद्वार तिम्सिना भन्छन ‘अब नगरवासीलाई नै परिवार सम्झेर मेरो राजनीतिक र सामाजिक जीवन बित्छ ।’ 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…