• निर्वाचन चिन्ह अंकित गम्छाहरु

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जारी निर्वाचन आचार संहिता कार्यान्वयमा चुनौति देखिएको छ । 
    आयोगले जारी गरेको निर्वाचन आचार संहिता २०७८ को परिच्छेद २ को ४ (घ)मा कुनै पनि दल वा स्वतन्त्र उमेद्वारहरुले निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी, गम्छा, माक्स, लकेट वा कुनै किसिमको पहिरन स्टीगर, लोगो, झोला, ब्याज, ट्याटु, प्रयोग गर्न, उत्पादन, बिक्री वितरण वा प्रदर्शन गर्न गराउन नहुने उल्लेख छ । 
    आचार संहिताको परिच्छेद ४ को १२ त मा कुनै पनि दलको झण्डा वा चुनाव चिन्ह बनाइ सार्वजकि स्थालमा तोरण बनाइ सार्वजनिक गर्न वा गराउन नपाइने उल्लेख छ । 
    यद्यपि मोरङको पथरी शनिश्चरे नगरमा बुधबार (२१ गते)देखि नेपाली कांग्रेस, एमाले लगायतको पार्टीले आफ्नो पार्टीको चुनाव चिन्ह भएको गम्छा लगायतको सामाग्री प्रयोग भएको पाइएको छ । 
    बुधबार नेपाली कांग्रेसका कार्यकर्ताहरुले रुख र एमाले नेता, कार्यकर्ताहरुले सुर्य अंकित गम्छा, मोवाइलमा स्टिकर प्रयोग गरेको पाइएको छ । 
    सो बिषयमा मौखिक उजुरी आएपछि आफूले नेपाली कांग्रेस नगर सभापति रुपनारायण भट्टराई र एमाले नगर समिति अध्यक्ष रमेश दाहाललाई फोन गरेर निर्वाचन आचार संहिता बितरित कार्य नगर्न भनिसकेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमले बताए । प्रहरी प्रमुख स्थानीय तहको निर्वाचन आचार संहिता अनुगमण समितिको सदस्य रहेने ब्यवस्था रहेको छ । 
    पथरीको बिशाल चौकमा आचार संहिता बिपरित बिभिन्न पार्टीको चिन्ह अंकित तोरण ब्यापक टाँगिएको छ । निर्वाचन आचार संहिता उल्लंघन र अटेर गरे उमेद्वारको मनोनयन खारेजी सम्मको कारबाही हुने ब्याबस्था रहेको छ । नगरका केही उमेद्वारले नै आचार संहिता बिपरित गम्छा लगायतको समाग्री प्रयोग गरेको पाइएको छ । 
    निर्वाचन आचार संहिताले यस पटक फेसबुक लगायत सामाजिक संजाल मार्फत भ्रामक सूचना सार्वजनिक गर्न नपाइने, १८ बर्ष मुनिकालाई सभा, जुलुसमा प्रयोग गर्न नपाइने, उमेद्वार वा कसैलाई पनि ब्यक्तिगत आक्षेप लगाउन नपाइने लगायत आचार संहितामा उल्लेख छ । 

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…