• मुगु, २२ वैशाख 

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मुगुका उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार भोट माग्न मतदाताकाे घरघरमा पुगेका हुन् ।  पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारीसाधन प्रयोग गरी भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन ।  

    जिल्लामा चार स्थानीय तह र ४५ वडामा आफ्ना उम्मेदवारलाई विजयी गराउन यहाँका दलहरू तामझामसहित चुनावी प्रचारमा लागेका छन् । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेस गर्न सकेका छैनन् । 

    एक नगरपालिकासहित तीन गाउँपालिका रहेको मुगुका प्रमुख दलहरू आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् ।   कांगेस , एमाले , माओवादी केन्द्र र एकीकृत समाजवादी पाटीले गाउँपालिका नगरपालिकाका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवारलाई निर्वाचित गराउन घरदैलो कार्यक्रममा मतदातासँग आफ्नाे उम्मेदवारलाई भाेट दिन आग्रह गरेका छन् । 

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…