• मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङ बेलबारी नगर कमिटीले ९२ पृष्टको स्थानीय तह निर्वाचन घोषणा पत्र जारी गरेको छ । 
    बेलबारी नगरपालिकामा प्रमुखमा दिलप्रसाद राई (डीपी) र उपप्रमुखमा तिलकुमारी गौतम एमाले टोली चुनावी अभियानमा रहेका छन् । 
    अभियानकै क्रममा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ९२ पृष्टको घोषणा पत्र जारी गरेको हो । घोषणा पत्र सार्वजनिक कार्यक्रममा नगरपालिका प्रमुखका उम्मेदवार डीपी राई, उपप्रमुखका उम्मेदवार तीलकुमारी (न्यौपाने) गौतम, एमाले नगर अध्यक्ष इरन राई वडा अध्यक्षहरुको सहभागि रहेका थिए । 
    घोषणा पत्रमा सडक, यातायात, ढल, कृषि, स्वास्थ्य, सरसफाइ, पर्यटन, खेलकुद, सुशासन, शिक्षा बिकासको लागि प्रतिबद्धता, थप ऐन, नियम, कार्यविधि, निर्देशिको तर्जुमा गर्ने, भूउपयोग योजना शिक्षामा पहँुच नपुगेका बालबालिकाहरुको खोजी गरी शिक्षाका लागि प्रोत्साहन गर्ने, नगरलाई कृषिमा आत्मनिर्भर बनाउने लगायत एमाले नगर समितिले ३३ वटा बिषयमा प्रतिबद्धता जारी गरेको छ । घोषणापत्रमा मृगौला, क्यान्सर, मुटुका विरामीहरुलाई दिइन्दै आएको २५ हजारमा रकम थप गरीने उल्लेख छ ।
    बेलबारी नगरपालिकामा रहेको बहुमुखी क्याम्पसलाई सर्वाङ्गीक विकास गर्न÷गराउन पहल गर्ने, मापदण्ड पूरा भएका सबै सडकको दुवैतर्फ सडकहरुमा ढलनिकासको व्यवस्था गरिने, वडा नम्बर ७ मा रहेको स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गरिने, शैक्षिक क्षेत्रमा खोजअनुसन्धान तथा सिर्जनात्मक कार्य गर्न शिक्षकहरुलाई सम्मान गरिने लगायतका योजना एमाले बेलबारी नगर कमिटीको रहेको छ । घोषणा पत्रमा ११ वटै वडाको प्रतिपबद्धा पत्र समेटिएको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…