• उर्लाबारी २३ बैशाख 
    यतिबेला उम्मेदवारहरु आफ्नो एजेन्डा सहित चुनाबी मैदानमा होमिएका छन् । नेकपा एमालेबाट अघिल्लो एक कार्यकाल वडा नम्बर ८ काे अध्यक्ष सम्हालेका कुलबहादुर कार्की फेरि पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यश वडामा एमालेकाे माहोल हेर्दा यश पटक पनि निश्चित जितहुनेमा कुनै दुईमत नभएको बताउछन् कार्की । निकै लामाे समयदेखि पार्टीको कुशल सिपाही वा कार्यकर्ता भएर आजसम्म आएकाे इतिहाँस छ । कार्कीको उम्मेद्वारीमा स्थानीयबासी उत्साहित छन् । घरदैलोमा निस्केका कार्कीलाई स्थानीय वडाबासीबाट आशीर्वाद थाप्दै भाेट हाल्ने वचन लिएका छन् । फेरि पनि वडाबासीकाे रोजाईमा परेका उनि अबको पाँच वर्ष वडाध्यक्ष बनेर जनताको सेवा संगै अधुरा कामहरु इमानदार संगगर्ने बतनउछन् ।


    नेकपा एमालेबाट उर्लाबारी ८ मा वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका कार्की स्थानीय स्तरमा चिरपरिचित छन् । भौतिक पुर्वाधार र आर्थिकको क्षेत्रमा नगरमै पिछाडि परेको वार्ड हो, उर्लाबारी-८ । साविक राजघाट गाविसका १, २, ३, ४ र ९ नम्बर वडाको भु–भाग सेमेटेर बनाइएको वडा ८ कृषि पकेट क्षेत्र हाे । यस वडामा कुषि, पशुपानलनकाे आधुनिकिकरण, बाटाेघाटाे र खाेला टठबन्धनमा लगायत मुल मिसन भिजनमा पहिलाे प्राथमिकता दिएकाे बताए । वडाबासीकाे हितमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, बाटाे, कृषि उद्यमको क्षेत्रमा आम वडाबासीकाे भावनालाई मध्यनजर गरि अधुरो काम पुरा गर्ने लक्ष्य रहेको कार्की बताउछन् ।


    एक कार्यकाल अध्यक्ष भएर कामगरेका उनि निकै अनुभवी, बिभान्न संघसंस्थामा मुख्य जिम्मेवार भएर काम गरीसकेका उनी वडाकाे विकासकालागी के कसरी गर्नुपर्छ सबै थाहा भएकाे बताउँछन् । उम्मेदवारी दर्ता गरेसँगै घरदैलो अभियानमा जुटेका उनलाई सबै उमेर समुहका मतदाताले भाेट हाल्ने प्रतिबद्धता समेत गरेका छन् । घरदैलोमा भाेटमाग्न युवाहरुकाे व्यापक भेलाभएर सघाउदै ज्येष्ठ नागरिकहरुले जितकाे शुभकामना सहितको आर्शिवाद दिएका छन् । उर्लाबारी ८ को समृद्धिको सपना उनीबाट सम्भव हुने र अधुरो काम पूरा गर्न याे पटक कार्कीलाई नै भाेट हाल्ने वडाबासी बताउँछन् । चिरपरिचित साथीहरू वडा अध्यक्ष पदकाे उम्मेदवार भएर भाेट माग्दै आएपनि वडाबासी नझुक्किन आग्रह समेत गर्दै आएकाछन् ।


    ५२ वसन्त पारगरेका कार्की यसै ठाउँको रैथाने हुन अझ धिमाल जाति समुदायमै बुवा टेकबहादुर  र आमा पवित्रादेवी कार्कीबाट जन्मिएका हुन् । प्रजातान्त्रिक राष्ट्रिय युवासंघ सदस्य २०४६ बाट सुरु भएकाे देखिन्छ भने प्रजातान्त्रिक राष्ट्रिय युवासंघ इलाका कमिटी २०५२ देखि २०६३ तीन कर्यकाल अध्यक्ष, २०५४ मा साविक राजघाट वडा नम्बर १ काे गाविस वडा सदस्य र २०७० देखि २०७४ सम्म दुई कार्यकाल गाउँ पार्टी कमिटी अध्यक्ष हुदै विभिन्न संघ संघसंस्थाकाे मुख्य पदमा रहेर जिम्मेवार भएर काम गरिसके कार्कीले बाताए । उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारीबाट आइ.ए. अध्ययन उत्रिण हुन कार्की । २०७४ काे स्थानीय तहको निर्वाचनबाट वाडबासीले भाेट दिएर वडा अध्यक्ष भैसकेको हुन कुलबहादुर कार्की ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…