• बैशाख ३० गते (२०७९) स्थानी तहको निर्वाचनमा मोरङ पथरीशनिश्चरे नगरपालिका १० नं. वडा अध्यक्षको उमेद्वार हुन रबिन्द्रकुमार राई । 
    २०३७ कार्तिक ७ गते आपा तुलबहादुर राई र आमा जीतरानी राईको कोखबाट जन्मिएका हुन रबिन । २०५१ देखि पथरी शनिश्चरे १० मंगलबारे बस्दै आएका रबिन्द्र कुमार राई पार्टी संम्बद्ध युवा संगठनको मोरङ जिल्ला उपाध्यक्ष, माओवादी केन्द्रको पथरीशनिश्चरे नगर समिति सहसचिव हुन । 
    सामाजिक हिसाबले किरात राई यायोक्खा पथरीशनिश्चरे नगर सचिव भएर काम गरेका रबिन्द्र पथरीशनिश्चरे भलिबल संघको अध्यक्ष हुन् । पथरी जेसीजको उपाध्यक्ष, कानूनी सल्लाहकार, यलम्बर बचत तथा ऋण सहकारी संस्थाको सहसचिव भएर काम गरेको सांगठानिक अनुभव छ । 
    ब्याबसायिक हिसाबले पारुहाङ ग्रिल हाउस तथा ढुवानी सेवाको सञ्चालक रबिन्द्र राई उर्लाबारी बहुमुखी क्याम्पसबाट १२ कक्षा पास गरेका पथरीशनिश्चरे १० नं. वडा स्थानीय बासिन्दा हुन् ।
    जहाँ आवश्यकता त्यहाँ बिकासको कार्यक्रम भन्ने नाराका साथ चुनावी मैदानमा रहेका रबिन्द्रकुमार राई लगभग बिजय निश्चित भएको माओवादी केन्द्र नगर उपाध्यक्ष प्रेम ढकालको दाबी छ । दाबी त आ–आफ्नै हुन्छन । कस्तो छ त तीन पार्टीको स्थिति ? 

     

    यस्तो छ २०७४ को हिसाब र हैसियत
    वडा नं. १० मा हालसम्मको स्थितिमा माओवादी केन्द्र, एमाले र कांग्रेस वीच प्रतिष्पर्धा छ । यस पटक ५०७० मत रहेको सो वडामा हिसाव हेर्दा अलि बढी माओवादी र एमालेको प्रतिष्पर्धा जस्तो देखिन्छ । 
    २०७४ को निर्वाचनमा कांग्रेस तर्फबाट वडा अध्यक्षको उमेद्वार सागर राई ९१२ मत ल्याएर बिजय भएका थिए । तत्कालीन एमाले उमेद्वार प्रेसबहादुर लिम्बूले ६८७ र माओवादीका प्रेम ढकालले ६४६ मत ल्याएका थिए । 
    १० नं. वडाको सदस्यहरुमा एउटा माओवादी केन्द्र र तीन वटा एमालेले जितेका वडा हो । त्यसबेल नेपाली कांग्रेस तर्फबाट सदस्यको उमेद्वार दीपक राईले ३६९, यमबहादुर चोङबाङले ३३०, दलित महिला सदस्य मनकुमारी दर्जी ४३८ मत ल्याएका थिए । 
    माओवादी केन्द्रको दलित महिला सदस्य सीताकुमारी दर्जिले ५७१ ल्याएकी थिइन भने एमालेको मनकुमारी विकले ८४४ मत ल्याएर बिजय भएकी थिइन । 
    माओवादी केन्द्रका जंगबहादुर राई ६५६ मत र एमालेका अनोज घिमिरे ८३८ मत ल्याएर सदस्यमा बिजय भएका थिए । नगर प्रमुखमा माओवादी केन्द्रको सबैभन्दा बढी मत खसेको थियो । 
    गएको निर्वाचनमा १० नं. वडामा नेपाली कांग्रेसबाट उठेका सदस्यहरुको मत सरदर ४५० को हाराहारीमा देखिन्छ । त्यस बेलाको मत संख्यालाई आधार मान्ने हो भने वडा अध्यक्ष सागर राई पार्टी संगठनको भन्दा आधा बढी ब्यक्तिगत मत ल्याएर बिजय भएको देखिन्छ । 
    यस पटक १० नं. वडामा माओवादी केन्द्रको रबिन्द्रकुमार राई, एमालेको जिवन खतिवडा र नेपाली कांग्रेसको तर्फबाट भुवन थापाको टिम चुनावी मैदानमा रहेका छन् । वडामा तीनै जना लोकप्रिय ब्यक्तिहरु हुन् । त्यहा अघिल्लो पटक एमालेबाट वडा सदस्य जितेर लोकप्रिय बनेकी मैना आचार्याले स्वतन्त्र भएर लालटिन चिन्हमा वडा अध्यक्ष लड्दैछिन् । 
    त्रिपक्षीय भिडन्तको स्थिति देखिएपनि अघिल्लो निर्वाचहरुमा भन्दा माओवादी केन्द्रले यस पटक संगठन बलियो बनाएको दाबी गर्दै आएको छ । अघिल्लो पटक एमाले वडा अध्यक्षका उमेद्वार बनेको प्रेमबहादुर लिम्बू नेकपा एसमा लागेर एमाले विरोधी कित्तामा छन् । 
    चर्कैसँग चुनावी मैदानमा रहेकी स्वतन्त्र वडा अध्यक्षको उमेद्वार मैना आचार्यले कति मत ल्याउछन र कस्को बढी काट्लान ? एमाले छाडेर गठन भएको नेकपा एसका नेता संविधान सभा सदस्य चण्डीप्रसाद राई, सो पार्टीको १ नम्बर प्रदेश सदस्य टंक भण्डारी लगायतका नेताहरु १० नं. वडामै बस्छन । नेकपा एसको समर्थन माओवादी केन्द्र तर्फबाट उमेद्वार बनेका रबिन्द्रकुमार राईलाई रहेको छ । नेकपा एसका नेताहरु रहेको वडामा एमालेलाई प्रभाव कस्तो पार्लान । नतिजा हेर्न केही दिन कुर्नु पर्ने अवस्था छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…