• ४ नं. वडा अध्यक्षको उमेद्वार अम्बरबहादुर बराइली

    बैशाख ३० गते (२०७९) स्थानी तहको निर्वाचनमा मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा अध्यक्षको उमेद्वार हुन अम्बर बहारदुर बराइली । 
    बुवा भक्तबहादुर बराइली र आमा गंगामाया बराइलीको कोखबाट २०२९ सालमा संखुवासभाको साबिक खराङ ९ मा जन्मिएका हुन अम्बर बराइली । 
    कक्षा १० सम्म अध्ययन गरेका बराइली २०४३÷०४४ सालबाट तत्कालीक कम्युनिष्ट पार्टीको टिकट काटेर पार्टीमा आबद्ध भएका हुन् । त्यो बेला कम्युनिष्ट पार्टीको साधारण सदस्यको रसिद निक्कै महत्व मानिन्थ्यो । 
    जनयुद्ध चलिरहेको बेला २०५६ मा राजधानी काठमाडौमा बस्दा कलंकीमा माओवादीको सम्पर्क भयो । त्यही बेलादेखि माओवादी पार्टीमा आबद्ध अम्बर बराइली २०५७ सालमा माओवादी पार्टीको वडा सह सेक्रेटरी, हाल पार्टी सम्बद्ध सुकुम्बासी संगठन अखिल नेपाल सुकुम्बासी संघको मोरङ जिल्ला अध्यक्ष छ अम्बर बराइली । 
    सामाजिक हिसावले बिश्वकर्मा समाज, बिभिन्न सहकारी संस्थामा काम गरेका बराइली ४ नं. वडामा पार्टी भित्र लोकप्रिय छन् । 
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा १००८ (अत्याधिक) मत ल्याएर वडा पालिका सदस्य जितेका अम्बरबहादुर बराइली यो पटक वडा अध्यक्ष जित्ने दाबी गर्छन । पाँच बर्षमा भूकम्प, बाढी पीडितहरुको उद्धार, सहयोगको साथै दुब्यासन मुक्त बनाउन युवाहरुसँग पर्याप्त काम गरेका छन् । इमान्दार र काममा बिस्वास गर्ने बराइली यो पटक बिजय हासिल गरेर वडामा बाँकी रहेका कामहरु गर्ने बताउदै आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…