• उर्लाबारी २४ बैशाख 
    नेकपा एमाले उर्लाबारी नगरपालिका वडा नम्बर ८ र ९ ले सातदिन लगाएर घरदैलो गरी आज शनिबार बृहत काेणसभा गरि सम्पन्न गरेकाे छ ।


    आसन्न बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा गाैरवशाली पार्टीको एमालेकाे वर्सच्व कायम राख्न र आफुलाई जिताउन घरघर गएर भाेट मागेका थिए । बिहान देखि बेलुकी सम्म एमालेकाे नारा र गीत गुन्जाउदै उम्मेदवारहरू वडाबासीकाे घरघर पुगेका थिए । गाउँकाे टाेलटाेलमा वडाबासीकाे समस्याहरू बुझ्दै र टिपाेट गर्दै नगरपालिका संगै वडाकाे लिखित एजेन्डा बाँड्दै सुनाउदै हिडिरहेका थिए । ८ र ९ काे घरदैलो कार्यक्रमकाे काेणसभामा मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेल र उप-मेयर पदका उम्मेदवार मिना पाैडेल समेत सहभागी भएका थिए । दुबै वडामा नेकपा एमालेका उम्मेदवारहरू र मेयर/उपमेयरकाे जित सुनिश्चित भएकाे दावीका साथ आफ्ना भनाइ राखेका थिए ।


    मेयर गंगाप्रसाद खरेल, उप-मेयर मिना पाैडेलकाे उम्मेदवारी रहेकाे छ भने वडा नम्बर ८ मा वडा अध्यक्ष पदका उम्मेदवार कुलबहादुर कार्की, वडा सदस्य पदमा रुद्रप्रसाद लामिछाने, डम्बर बराल, महिला सदस्य चन्द्रा डाँगी र दलित महिला सदस्यमा कल्पना कामी राेक्का रहेका छन भने वडा नम्बर ९ मा वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्रकुमार सेर्मा वडा सदस्य पदमा झक्कडराना मगर, इन्द्र बानियाँ, महिला सदस्य चम्पा तामाङ र दलित महिला सदस्यमा पुर्णमाया परियार दर्जीलाई बलियाे दावेदारकाे रूपमा एमालेले उठाएकाे छ । के गाउँ के शहर नेकपा एमालेकै लहर । जसले जे भनेपनि साविक राजघाट एमालेकाे लालकिल्ला वा गड भएकाेले एमालेका उम्मेदवारहरुकाे जित सुनिश्चित वा पक्का भएकाे प्रदेश नम्बर १ का सांसद घनस्याम खतिवडाले अन्य दलहरूलाई चुनाैति दिए । थप्दै उर्लाबारी नगरपालिकाकाे मेयर र उप-मेयरकाे जित भैसकेको घाेषणा समेत गरे ।


    घरदैलो कार्यक्रम समापनमा नगर इन्चार्ज तथा जिल्ला सदस्य उमाकान्त गाैतम, निर्वाचन परिचालन नगर संयाेजक तथा प्रदेश कमिटी सदस्य भुपाल जिमि, प्रदेश कमिटी सदस्य डिल्ली आंपगाई, जिल्ला कमिटी सदस्य पुष्प ढकाल, उर्लाबारी नगर अध्यक्ष गंगा बास्ताेला र निर्वाचन परिचालन समिति संयाेजक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…