• मोरङ । मोरङको पथरीशनिश्चरे नगरको १ वडामा एमाले र १० नं. वडामा माओवादी केन्द्रले शक्ति प्रदर्शनसहितको घरदैलो कार्यक्रम गरेको छ । 
    एमालेद्वारा शनिबार (आज) आयोजित बृहत घरदैलो कार्यक्रममा नगर प्रमुखको उमेद्वार मोहन तुम्बापोले पार्टीको जित भइसकेको दाबी गरेका हुन् । 
    बिभिन्न ठाउँमा आयोजित कोणसभामा बोल्दै नगर प्रमुखको उमेद्वार तुम्बापोले गाउँगाउँको माहोल हेर्दा एमाले र चुनाव चिन्ह सुर्यले जितिसकेको घोषणा हुनमात्र बाँकी रहेको बताए । आफूहरुले जितेर आइसकेपछि माजदुर, किसान, दलित, आदिबासी जनजाति भौतिक तथा आर्थिक बिकास गर्ने तुम्बापोले बताए । 
    घरदैलो कार्यक्रममा उपप्रमुखको उमेद्वार देबिमाया काफ्लेले आफूहरु जितेपछि एक्लै नभएर एमाले टिमले काम गर्ने बताए । उनले आफूहरुलाई हिड्न नसक्ने, काम गर्न नसक्ने आरोप लागेको भन्दै खण्डन गरे । कोणसभामा वडा अध्यक्षको उमेद्वार भीम राईको नेतृत्वमा भएको थियो । कार्यक्रममा एमाले पोलिट ब्युरो सदस्य तथा संघीय सांसद भानुभक्त ढकाल, केन्द्रीय सदस्य युवराज बास्कोटा, प्रदेशको संगठन बिभाग प्रमुख रामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा समिति अध्यक्ष प्रदिपकुमार राईको नेतृत्वमा घरदैलो भएको थियो । 
    यता माओवादी केन्द्रले शनिबारै १० नं. वडामा बृहत घरदैलो कार्यक्रमको आयोजना गरेको छ । घरदैलो कार्यक्रममा नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिनाले गणतन्त्र र संघीयता ल्याउने पार्टीको जित निश्चित भएको दाबी गरे । आफूहरुले जितेमा नगरको सर्बानिङ बिकास गर्ने बताए । 
    उपप्रमुख बिन्दु राईले नगरमा भौतिक, आर्थिक, बिकास, महिला, आदिबासी जनजाति, दलित लगायतको सामुदायिक र धार्मिक समुदायिको शसक्तिकरण, सफा सुग्घर नगर बाउने लगातयको बताए । 
    वडा अध्यक्षको उमेद्वार रबिन्द्रकुमार राईले जहाँ आवश्यकता त्यहाँ बिकासको नीति अनुसार आफूहरु काम गर्ने बताए । १० नं. वडामा हालसम्मकै ठूलो जनसहभातिामा घरदैलो भएको माओवादी केन्द्रको पार्टी नगर उपाध्यक्ष प्रेम ढकालले बताए । कार्यक्रममा अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट वडा अध्यक्षको उमेद्वार प्रेमबहादुर लिम्बू (हाल नेकपा एस), नेकपा एसको प्रदेश समिति सदस्य दीपक बस्नेत, टंक भण्डारी, नगर अध्यक्ष तुलशी ढकाल, माओवादी केन्द्रको नगर उपाध्यक्ष कमल हाङबाङ लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
    वडा नं. १० मा नेकाप (एस)को प्रभाव रहेको, एमालेको बागी उमेद्वार मैना आचार्य रहेको कारण माओवादी केन्द्रको जित निश्चित रहेको सो पार्टीको नगर समिति सदस्य मान दियालीको भनाले बताए । 

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …