• उर्लाबारी ,२५ बैशाख / नेकपा एमालेबाट उर्लाबारी नगरपालिकामा मेयर पदका उम्मेद्वार गंगाप्रसाद खरेलले अब नगरवासीहरुले मेयर भेट्न ढोकामा लाइन लागेर कुर्नुपर्ने कष्टबाट मुक्त हुने बताएका छन्  । उर्लाबारीका विभिन्न  कोणसभामा खरेलले मलाई डरपोक भन्दै भोट माग्नेहरुलाई म यो भन्न चाहन्छु कि म पारिवारिक रुपमा अहिले एक्लो भएपनि सिङ्गो उर्लाबारीबासीको साथ र सहयोगले म गुण्डागर्दीलाई निमिट्यान्न पार्नेमा लागिपर्नेछु ।


    नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको भनाईप्रति कटाक्ष प्रहार गर्दै खरेल भन्छन् : उहाँले के भन्न खोज्नुभएको हो हामीले बुझिसकेका छौँ, फागो हुँदा चै गुण्डागर्दी नहुने अनि फागो नहुँदा चै गुण्डागर्दी बढ्ने, के हो यसको आशय उर्लाबारीबासीले बुझेका छन्, यसको आशय वैशाख ३० गते खसेको मतले देखाउनेछ । यस्तै कार्यक्रममा खरेलले भयरहित वातावरणमा कर्मचारी तथा सेवाग्राहीलाई नगरपालिका प्रवेशमा स्वागत गर्न चाहेको बताएका छन् ।


    उर्लाबारीमा एमालेको घरदैलो अभियान एकपछि अर्को प्रभावकारी बन्दै गएको छ ।  नेकपा एमालेका उम्मेद्वार  सेटलाई नै भारी मतले विजयी गराउन वार्डहरुमा हजुरबुवा पुस्तादेखि नाति पुस्तासम्मको ऐक्यबद्धता देखिएको छ । विशेष गरी युवा र नयाँ मतदाताको जमातले उनीमाथि समर्थन गरिरहेको छ ।
    एमाले कार्यकर्ताको सहयोगी भावनाले नै गरिव तथा अपाङ्गता भएकाहरुको मुहारमा उज्यालो छाईदिने गरेको छ । अब युवाले एउटा राम्रो समाज बनाउन  वडावासीको मन जित्न सफल भएर लाग्ने बेला अाएको उनले छन् ।

    यसै जनसमर्थनलाई कायमै रहेको खण्डमा उर्लाबारी मा भारी मतले एमाले उम्मेद्वारहरु विजयी हुने स्थानीयको आँकलन छ । एमाले उम्मेद्वारको समर्थनमा शनिबार वार्डका विभिन्न स्थानमा उल्लेख्यीय सहभागितामा घरदैलो भेटघाट र र्‍याली समेत निस्किएको छ । जसमा बाक्लो युवा जमातले उनलाई पछ्याइरहेको छ । उनीहरुले मतदातालाई सूर्यमा भोट गरेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…