• मोरङ । संघीय गणतन्त्र स्थापनापछिको दोस्रो स्थानीय तहको मतदान (निर्वाचन) अब केही दिन मात्र बाँकी छ ।
    २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू र आफ्नो पार्टी, संगठनलाई जिताउन पार्टी नेता, कार्यकर्ता र उमेद्वार जनताको घरघर पुग्ने प्रयास गरिरहेका छन् । 
    यो पटकको निर्वाचनमा पार्टी र उमेद्वारहरु प्रतिबद्धता पत्र भन्दा नाचगान बढी गरिरहेको देखिन्छ । नाचगानपनि यस्तो कि उमेद्वारहरु घर पसेको बेला भोट मागेको जनताले सुन्नसम्म समस्याहुने गरी डीजे थर्किएको देख्न र सुन्न पाइन्छ । निर्वाचनमा उठ्ने प्राय उमेद्वारहरुले जित्ने दाबी गरिरहेका छन् । 
    यो पटक एमालेले मोहन तुम्बापो, माओवादी केन्द्रले दिनानाथ तिम्सिना (माके, नेकपा एस र जसपा साझा उमेद्वार हुन्), नेपाली कांग्रेसले नगेन्द्र लिम्बू, राप्रपाले सम्बरबहादुर राई, मंगोल नेशनल अर्गनाइजेशनले पुनम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान)ले बलबहादुर लिम्बू र स्वतन्त्र उमेद्वार महेन्द्र कार्कीको नगर प्रमुखमा उमेद्वारी दिएर भोट मागिरहेका छन् । स्वतन्त्र प्रमुखको उमेद्वार डिल्लिराम भट्टराईले मनोनयन फिर्ता लिएपछि प्रमुखमा सात जनावीच प्रतिष्पर्धा हुँदैछ । डिल्लिराम भट्टराईले गठबन्धनको उमेद्वार दिनानाथ तिम्सिनालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
    त्यसैगरी उपप्रमुखमा बिन्दु राई कलम चिन्हबाट दिएकी हुन् । राई माओवादी केन्द्र, नेकपा एस र जसपाको साझा उमेद्वार हुन् । त्यसैगरी नेपाली कांग्रेसको कबिता पराजुली, एमालेको देबिमाया काफ्ले, मंगोलको सर्मिला लिम्बू र लिम्बूवानको चन्द्रकुमारी लिम्बूवीच भिडन्त हुँदैछ । 
    उपप्रमुखमा राप्रपाको तर्फबाट उमेद्वारी दिएका रमा तिम्सिना र एमाले बागी उमेद्वार दुर्गा सुवेदीले उमेद्वारी मनोनयन फिर्ता लिएसकेको छ । राप्रपाको उमेद्वार तिम्सिना प्रतिष्पर्धी पार्टीको पारिवारिक दबाबको कारण मनोनयन फिर्ता लिनु परेको बताइएको छ । 
    पथरीशनिश्चरेमा २०७४ को स्थानीय तहको निर्वाचनमा ४०,८८५ मतदाता रहेका थिए । जसमध्ये २८,२२० मत खसेको थियो । यो मत ६९ प्रतिशत हो । नेपालको हालसम्मको अभ्यासमा सरदर ७० प्रतिशतसम्म मत खस्ने मान्यता रहेको छ । 
    यो बर्ष १०,४८० मत बढेर ५१,३३० मतदाता रहेको छ । नगरमा यो मतदाता संख्याको ७० प्रतिशत भनेको ३५,९३१ मत हुन आउछ । अर्थात यो पटक ३५, ३६ हजारको संख्यामा मत खस्ने अनुमान गर्न सकिन्छ । 
    नेपालको निर्वाचन प्रकृया जस्ले जति मत ल्याएपनि पहिलोहुने निर्वाचितहुने प्रत्यक्ष निर्वाचित प्रणली हो । प्रतिष्पर्धीहरुले जतिसुकै भोट ल्याएपनि एकै भोट जस्ले बढि ल्याउछन उही निर्वाचित हुन्छ । चाहे अन्य प्रतिष्पर्धीहरुको मत जोड्दा ५१ प्रतिशत पुगुन यो प्रणालीमा कुनै अर्थ लाग्दैछ । 


    यस्तो छ अघिल्लो निर्वाचनको स्थिति 
    यो पटक कस्ले जित्लान भन्ने आधार अघिल्लो निर्वाचनको प्राप्त मत संख्यालाई मान्नुपर्ने हुन्छ । हुन त राजनीतिमा २ मा २ जोड्ना ३ मात्र वा पाँच पनि हुन सक्छ । गएको कार्यकालको कामको मूल्याङ्कन भन्दा पनि गत निर्वाचनको मत आधारलाई मान्दा यस्तो देखिन्छ ।
    २०७४ को निर्वाचनमा पथरीशनिश्चरेमा नगर प्रमुख पदमा आठ जना उमेद्वार  उठेका थिए । जसमध्ये एमाले उमेद्वार दिलिपकुमार राई ९,०८७ मत पाएर बिजयी भएका थिए । त्यो बेला नेपाली कांग्रेसको उमेद्वार गणेश खड्का ७,२२४ मत ल्याएर निकटतम प्रतिद्वन्दि र माओवादी केन्द्रको जहरमा लिम्बूले ६,७८६ मत ल्याएका थिए । त्यो बेला नगर प्रमुखमा एमालेको भन्दा कांग्रेसले १,८६३ र माओवादी केन्द्र २,३०१ मत कम ल्याएको देखिन्छ । उक्त निर्वाचनमा राप्रपाले ६९४, नयाँ शक्ति पार्टीले १,००२, जनजागरण पार्टीले १८७ मत ल्याएका थिए । दुई जना स्वतन्त्र उमेद्वारले दुई अंक नघाएन । 
    उपप्रमुखमा सात जनाले प्रतिष्पर्धा गरेका थिए । एमाले उमेद्वार यमुना बिष्टले ९,९२७ मत ल्याएर बिजयी भएका थिए । नेपाली कांग्रेसको प्रेमला राईले ७,३४४ र माओवादी केन्द्रको टंकमाया गौतमले ५,३१८ मत प्राप्त गरेका थिए । उपप्रमुखमा संघीय लोकतान्त्रिक पार्टीले १,०७१ र राप्रपाले ३५५ मत ल्याएका थिए । 

    के होला यो पटक
    पथरीशनिश्चरे क्षेत्रमा एमालेले २०४७ सालदेखिको विरासत कायम राख्ने गरी जुटेको देखिन्छ भने कांग्रेस र माओवादीको नेतृत्वको गठबन्धन विरासत तोड्ने गरी लागेको बुझिन्छ । नगरमा कांग्रेससहितको गठबन्धन नभएपनि तीन दलीय गठबन्धन, एमाले र कांग्रेसवीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । राप्रपाले पनि आफू जित्ने दाबीको साथ चुनावी मैदानमा रहेको छ । माहोल हेर्दा राप्रपाले ठूलै प्रतिशतले मत बढ्ने देखिन्छ । 
    यो पटकको निर्वाचन एमाले बिभाजनपछि मैदानमा छ । कांग्रेसमा गएको अधिवेशनकाको तिक्तता टिकट वितरणसम्म आइपुग्दा खटपट झनै चुलिएको अवस्था छ भने माओवादी केन्द्रको नेतृत्वमा जसपा र नेकपा एस एकताबद्ध भएर मतदान गर्ने अझै प्रयास गरिरहेको छ । 
    भन्दा सबैले सलल जित्छौ भन्ने गरेपनि यो पटकको नतिजा २९ गते बेलुकासम्मको स्थिति नहेरी यसै भन्न सकिने अवस्था छैन । 
    राप्रपाले माओवादी केन्द्रलाई भन्दा एमाले र कांग्रेसलाई अलि क्षति पुग्ने हो कि जस्तो देखिन्छ । त्यसैगरी नेकपा एसले भोट कति खसाउछन त्यसमा पनि भर पर्दछ यो पटकको निर्वाचनको नतिजा । 
    राप्रपा र नेकपा एसको प्रभाव नपरेको खण्डमा एमाले उमेद्वार मोहन तुम्बापो नै बलियो देखिन्छ । राप्रपा, नेकपा एसले एमालेलाई क्षति पु¥याए र २९ गते रातिसम्म कांग्रेस भित्रको खटपटको अत्न्य गरेर रुखमा भोट हाल्ने वातावरण सिर्जना भए रुख चिन्हका उमेद्वार नगेन्द्र लिम्बू निस्कन सक्ने अवस्था छ । 
    राप्रपा, नेकपा एसले एमालेलाई क्षति पु¥याए र कांग्रेस भित्रको खटपट कायम रहे तीन दलीय गठबन्धनको उमेद्वार दिनानाथ तिम्सिना बिजयी हुने सम्भावना छ । नेकपा एसले तीन हजार बढी मत खसाउने दाबी गरिरहेको छ । जसपाको पनि हजार बढी भोट आफूहरुसँग रहेको दाबी छ । 


    उपप्रमुखमा भने कलम चिन्हका तीन दलीय गठबन्धनकी उमेद्वार बिन्दु राई, नेपाली कांग्रेसकी कबिता पराजुली र एमाले उमेद्वार देबिमाया काफ्लेको कडा प्रतिष्पर्धा देखिन्छ । संसदीय राजनीति त्यसै फोहोरी खेल भनिएको होइन । एमाले, कांग्रेस भित्र उमेद्वारी छान्ने बिषयको तिक्तताले मतदानमो कस्तो असर पार्छ त्यसले पनि उमेद्वारले पाउने मतमा असर पर्न सक्दछ । माओवादी केन्द्रमा भने उमेद्वारी छान्ने बिषयमा त्यतिधेरै समस्या देखिएको थिएन । 


     

सम्वन्धित समाचार

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…