• उर्लाबारी, २७ बैशाख
    नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले उर्लाबारी नगरपालिकामा एमालेविरुद्धको गठबन्धनको कुनै तुक नभएको बताएका छन् । उनले सबै दल मिलेर घेराबन्दी पारे पनि एमालेले उर्लाबारीमा बिजयको झण्डा फहराउने बताएका छन् ।


    उर्लाबारीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पण्डितले उर्लाबारीवासीले यस पटक नेतृत्व परिवर्तन चाहेको बताएका छन् । उनले उर्लाबारीमा भएको विकास निर्माणमा हुन गएको ढिलासुस्तीको चर्चा गर्दै एशियाली बिकास बैंकबाट  ढल निकासका लागि आएको बजेट कार्यान्वयन गर्न नसक्ने नेतृत्व उर्लाबारीवासीले नचाएको बताएका छन् । सोही अवसरमा पूर्व प्रदेश नं. १ का सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले विरोध गर्ने दलहरु जतिनै गठबन्धनमा गरेर हिंडे पनि एमाले सबै जनताका सामु चीरपरिचित र मुलुक कै आशलाग्दो पार्टी भएको चर्चा गरेका छन् । 


    त्यसैगरी उर्लाबारी नगरपालिकाका मेयरका उम्मेद्वार गंगाप्रसाद खरेलले नेपाली कांग्रेसका मेयरका उम्मेद्वार खड्गबहादुर फागो प्रति लक्षित गर्दै अर्काको व्यक्तिगत स्वतन्त्रतामा धावा नबोल्न चेतावनी दिएका छन् । उनले निर्वाचन जित्ने कुनै उपाए नपाएपछि उर्लाबारीका निवर्तमान मेयर फोगोले बिभिन्न किसिमका हत्कण्डा अपनाउन थालेको आरोप लगाउँदै त्यस्ता गतिविधि नगर्न आग्रह पनि गरेका छन् । उनले फागोलाई भने,‘तपाई जुन तरिकाबाट चुनाव जित्न खोज्दै हुनुहुन्छ, त्यो गलत छ ।

    ’ नेता खरेलले अमूल्य मत गलत ठाउँमा परे सम्बृद्ध उर्लाबारीको परिकल्पना सम्भब नहुने भएकोले सोचेर मतदान गर्न आग्रह गरेका छन् । उनले भने,‘हामी भ्रष्टाचार गर्दैनौं, सर्वपक्षीय छलफलबाट काम सुरु गर्छौ, पाँच बर्षमा आमोल परिवर्तन गरेर देखाइदिन्छौं, व्यापारीहरुलाई धम्किदिने काम बन्द गरियोस्, कानुनी राज्यको अवधारणा अनुसार सबैले अगाडि बढ्नु पर्छ, कृषि/उद्योगको बिषयमा आवश्यक/ठोस् काम गर्ने, कालोपत्रे अहिलेको जस्तो एक बर्षमै भत्किने नबनाइने, काम गर्दा जनताको आँखामा छारो नहाल्ने, अण्डरग्राउन बिद्युतीकरणको अवधारण ल्याइने, सबै सडकमा सडक बत्तीको व्यवस्थापन गर्ने, रिङरोडको अवधारणा अगाडि बढाउने, बिभिन्न खोलामा पुल बनाउने, सुकुम्वासीहरुको व्यवस्थापन गर्दै बस्ति बिकास कार्यक्रम  सञ्चालन गर्ने, मालपोत र नापी कार्यालय ल्याउने प्रतिवद्धता प्रकट गर्दछौं ।’ उनले यस महाअभियानमा नाङ्लो ठटाएर हात्ति तर्साउने कोसिष नगर्न आग्रह गरेका छन् । 

    सो अवसरमा मोरङको १ नं. क्षेत्रका संघीय सांसद घनश्याम खतिवडा, उर्लाबारीको उपमेयरकी उम्मेद्वार मीना खतिवडा पौडेल, वडा नं. ७ की अध्यक्ष पदकी उम्मेद्वार उर्मिला थापा लगायतले कार्यक्रममा सम्बोधन गरेको एमाले उर्लाबारी निर्वाचन परिचालन  कमिटीका संयोजक भुपाल जिमीले जानकारी दिएका छन् ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नुमना विद्यालय पञ्चायत मावि…

मोरङ । मोरङको पथरीशनिश्चरे सडक खण्डमा १५ दिन भित्र चारवटा सवारी दुघट्ना हुँदा ६ जनाको मृत्यु भएको छ ।&nb…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …