• मोरङ । नेकपा एसको केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले ‘अहंकारी’ केपी ओलीलाई जनताले गलामा समायर पछार्ने दिन टाढा नभएको बताए । 
    मोरङको पथरीशनिश्चरे नगरपालिकाको पथरी बजारमा मंगलबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले सो कुरा बताएका हुन ।  
    एमाले अध्यक्ष ओली प्रति आक्रोशित बस्नेतले अहंकारकै कारण २ तिहाइको प्रधानमन्त्रीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पु¥याएको बताए । अहंकार धेरै समय नटिक्ने दाबि गर्दै बस्नेतले भने ‘जनताले कठालोमा समाएर भुँइमा पछार्छ ।’ नेपाली कांग्रेसले गठबन्धनलाई इमान्दार पूर्बक पालना गरेको भए यही निर्वाचनमा एमाले र केपी ओलीलाई भुँइमा खोज्नुपर्ने अवस्था आउने बस्नेतको भनाइ थियो । 
    विधि, विधान विपरित पार्टी भित्र मनपरी गर्नुको साथै संसद बिघटन गर्दै निरंकुशताको बाटोमा लागेपछि भएको आन्दोलनले ओलीलाई बार्दलीमा पु¥याएको बताए । 
    ओलीले प्रतिगामी कित्तामा उभिएपछि संविधान र संघीय गणतन्त्र रक्षाको लागि गठबन्धन आवश्यक भएको उपाध्यक्ष बस्नेत बताए । देशलाई संकटबाट मुक्त गर्न २००७, २०४६ देखि २०६२÷०६३ मा पनि राणा र राजतन्त्र विरुद्ध गठबन्धनको आन्दोलन मार्फत निरंकुशतालाई परास्त गरेको स्मरण गर्दै ओलीले लिएको कदम विरुद्ध गठबन्धन आवश्यक रहेको बताएका हुन् । 
    कार्यक्रममा पूर्ब सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका माओवादी केन्द्रको केन्द्रीय नेता राम कार्कीले अघिल्लो कार्यकालमा जितेका पार्टीहरुले के गरे बुझेर मात्र भोट लाउनुपर्ने बताए । जनता बिबेकशील भएको कारण यो निर्वाचनमा गठबन्धनलाई जिताउनु पर्ने कार्कीको भनाइ थियो । 
    कार्यक्रममा जनता समाजवादी पार्टीको स्थायी समिति सदस्य दिपक मेन्याङ्बोले देशमा सबैभन्दा बढी भ्रष्ट्रचार एमालेले गरेको भन्दै यस्ता भ्रष्ट्रहरुलाई नङ्ग्याउनु पर्ने बताए । बक्ताहरुले कार्यक्रमको उपस्थिति हेर्दा गठबन्धनको जित भइसकेको बताएका थिए ।  
    चुनावी सभामा नेकपा एसको केन्द्रीय सदस्य डा.देउमान सम्बाहाङ्फे, माओवादी केन्द्रको केन्द्रीय सदस्य गीता तिम्सिना लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा गठबन्धनको तर्फबाट नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिना र उपप्रमुखको उमेद्वार बिन्दु राईले नगरको समग्र बिकास र संमृद्धिको लागि भोट दिएर सेवा गर्ने अवसर दिन अनुरोध गरे । माओवादी केन्द्रका चेतन दाहालको सभापतित्वमा भएको कार्यक्रम नेकपा एसका तुलशी ढकालले चालएका थिए भने स्वागत मन्तब्य जसपाकी तारा दवाडीले गरेका थिए । सभा अघि हजारौको संख्यामा रहेको कार्यकर्ताहरुले नारा, जुलुससहित पथरी बजार परिक्रमा गरेका थिए । 

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…