• रसुवा,  २९ वैशाख

    रसुवाका मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्माणाधीन मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको हो । 

    बुधबार मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निर्वाचन अधिकारी श्रीराम थापालगायतको टोलीले मतदानस्थल र मतदान केन्द्र निर्माण तथा निर्वाचनको व्यवस्थापनलगायतको स्थलगत निरीक्षण गरेका हुन् । 

    शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

    मतदानस्थल र मतदान केन्द्रमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थानलगायतको व्यवस्थापनको कार्य भइरहेको उनले बताए ।  बिहीबार बेलुकीसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेसमेत उनले बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…