• रसुवा,  २९ वैशाख

    रसुवाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको छ । शुक्रबार हुने स्थानीय तहको मतदान पश्चात् प्राप्त मतको गणनाका लागि जिल्लाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको हो । 

    मतगणनाका लागि जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङ,  कालिका गाउँपालिकाको कालिकास्थान, गोसाईंकुण्ड गाउँपालिकाको धुन्चे, उत्तरगया गाउँपालिकाको खाल्टे, आमाछोदिङ्मो गाउँपालिकाको थामुचेतमा मतगणनास्थल तोकिएको छ । 

    मतगणनास्थलको सबै व्यवस्थापनको कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । सिसिटिभी जडान गरिनुका साथै तारबार लगाइएको जनाइएको छ । मतगणनास्थलमा मतगणकहरू बस्ने र प्रतिनिधि बस्ने स्थानको व्यवस्थापनसमेत मिलाइएको बताइएको छ । 

    जिल्लामा पाँच वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…