• रसुवा,  २९ वैशाख

    रसुवामा मतदान केन्द्र निर्माणको कार्यलाई तीव्रता दिइएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको हो । 

    शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सक्किएको र केही निर्माणको चरणमा रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

    मतदानस्थल र मतदान केन्द्रहरूमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थान लगायतको व्यवस्थापनको कार्य भइरहेको उनले बताए । बिहीबार बेलुकीसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेसमेत उनले बताए । 

    त्यसैगरि मौसम विभागले मतदानको दिन पानी पर्ने बताएकाले निर्वाचन आयोगले सबै मतदानकेन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । आयोगको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाका स्थानीय तहहरूले व्यवस्थापन गरेका छन् । एउटा मतदान केन्द्रमा एउटा देखि दुई वटासम्म त्रिपालको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 

    शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गराउनका लागि स्वयंसेवम सहित ४ सय १० जना कर्मचारी खटाइएको छ भने नेपाली सेना बाहेक नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १ जना खटाइएको छ ।  

    जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…