• लमजुङ , ३१ वैशाख 
    मनाङको चामे गाउँपालिका एमाले विजयी भएकाे छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत मात्र पाए ।

    उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा ३ सय २५ मतसहित निर्वाचित भएकी छन् ।  एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत मात्र पाइन् ।

    घले यसअघि पनि अध्यक्ष थिए । चामेमा २०७४ को स्थानीय तह चुनावमा कांग्रेसले उपाध्यक्ष जितेको थियो । 

    यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।
    वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत मात्र पाए ।

    वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् भने एमालेका पाल्साङ लामाले ४० मत मात्र ल्याए ।

    वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०-३० मत ल्याएका थिए । गोला प्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित भएका छ्न् ।

    चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकामा ६ सय १० मत मत खसेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…