• चितवन, १ जेठ

    चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो ।

    कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन् । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छन ।

    राप्ती-६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र  दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन् । 

    एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् ।

सम्वन्धित समाचार

महोत्तरी, १० असार  ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि…

खोटाङ, ९ असार      खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्…

धनगढी,  ९ असार सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहर…

पोखरा,  ८ असार दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्र…