•  २०७४ फागुन १८ शुक्रवार

    काठमाडौं । किराती राष्ट्रिय मुक्ति मोर्चाले नेपाली जनताको प्रजातान्त्रिक अधिकार स्थापित गर्न पूर्वी नेपालबाट मुख्य भूमिका निर्वाह गरेका रामप्रसाद राईको बारे विचार गोष्ठि गरेर १०९ औं स्मृति दिवस मनाएको छ । आज (सुक्रबार) काठमाडौंको केटेश्वरमा आयोजित विचार गोष्ठिमा जननायक रामप्रसाद राईले नेपालको लागि पु¥याएको योगदान बारे चर्चा भएको थियो ।

    गोष्ठिमा किराती राष्ट्रिय मोर्चाको संस्थापक नेता गोपाल किराती, माओवादी केन्द्रका नेता तथा संघीय सभाका सांसद शुरेसकुमार राई, पार्टीको पोलिटब्युरो सदस्य दुर्गा राई, साहित्यकार भूपाल राई, रामप्रसाद राई फाउण्डेसनका अध्यक्ष सुष्मा राई, तत्कालीन रामकुमार राईको सहकर्मी कमला राई लगायतले बोलेका थिए । कार्यक्रममा मोर्चाको फ्याक्सन ईन्चार्ज समेत रहेका सांसद शुरेसकुमार राईले एमाले र माओवादी केन्द्रको एकता राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिति अनुकुल भएको बताए । एकतापछि बन्ने नयाँ ढंगको पार्टीसँगै विचार र कार्यदिशा समेत नयाँ हुनुपर्ने बताए ।

    नजनायक रामप्रसाद राईको नेतृत्वमा राणा शासनको मातहतबाट २००७ मंसिर २४ गते भोजपुर नियन्त्रण लिएका थिए । भोजपुरपछि पूर्बी नेपालहुदै जनमुक्ति सेना सहित काठमाडौं आएर २००८ को माघ ८ गते सिंहदरबार नियन्त्रणमा लिए पश्चात राई हालसम्म बेपत्ता छन् । राईलाई २०५५ सालमा नेपाल सरकारले प्रजातान्त्रिक योद्धा घोषणा गर्दै हुलाक टिकट प्रकाशन गरेको थियो ।

    मोर्चा लगायतका संघ÷संस्थाले राईलाई राष्ट्रिय विभूटी घोषणा गरिनु पर्ने, विभिन्न सहरहरुमा प्रतिमा स्थापित गरिनुपर्ने र उच्च शिक्षामा राई बारे कोर्ष राखिनुपर्ने माग गर्दै आएको छन । नायक राई वि.स. १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका थिए । तत्कालीन बृटिसभारतीय सेनामा केही बर्ष काम गरेर नेपाल फर्केका थिए । नेपाल फिर्केपछि नेपाली सेनामा काम गरेका थिए । सरकारको विजन दर्ता हाकिमबाट राजिनामा दिएर विद्रोहमा लागेको राईले सिंहदरबारसम्म कब्जा गर्न सफल भएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…