• भक्तपुर, ३१ वैशाख

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ । भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो । वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका हुन्को । यी दुवै उम्मेदवार  यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष  थिए । 

    उता नेपाली कांग्रेसले पनि दुई वटा वडा जितेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो । वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन् । त्यहाँं एक जना वडा सदस्य भने एमालेबाट विजयी भएका छन् । यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

सम्वन्धित समाचार

महोत्तरी, १० असार  ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि…

खोटाङ, ९ असार      खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्…

धनगढी,  ९ असार सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहर…

पोखरा,  ८ असार दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्र…