• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको जारी मत गणना अनुसार वडा नं. १, २ मा एमाले र ३ नं. वडामा कांग्रेसले निश्चित भएपनि घोषणा हुँन बाँकी रहेको छ । 

    पथरीशनिश्चरे १ मा ४ हजार ७९४ मत खसेको थियो । यो समाचार तयार पार्दासम्म ४ हजार ४२८ मत गनिसको छ । जसमध्ये एमाले वडा अध्यक्षको उमेद्वार भीम राईले एक हजार ५३ र निकटतम प्रतिद्वन्दी कांग्रेसका राजेन्द्र बस्नेतले एक हजार ३३५ मत प्राप्त गरेका छन् । गन्न ३६६ मत मात्र बाँकी रहेकोछ । बस्नेत भन्दा राई ४१८ मतले अगाडि भएकोले एमाले उमेद्वार राईको जित निश्चित भएको हो । वडामा एमालेको प्यानलै अगाडि देखिएको छ । यो वडामा अघिल्लो निर्वाचनमा एमालेकै प्यानलभएको वडा हो । 

    त्यसैगरी २ नम्बर वडामा ३ हाजर ३९३ खसेकोमा २ हजार ८९० मत गनिएको छ । बाँकी ५०३ मत गणना भइरहेको छ । २ नम्बर वडामा एक हजार २६६ मत एमालेका नैना राई र नेपाली कांग्रेसका टिका तामाङले ९५४ मत प्राप्त गरेका छन् । यहाँ प्रतिद्वन्द्वीभन्दा ३१२ मतले एमाले वडा अध्यक्षको उमेद्वार नैना राई भएकाले एमाले प्यानलै जित्ने निश्चित भएको हो । अघिल्लो निर्वाचनमा यो वडा एमालेले नै जितेको थियो । 

    वडा नं. ३ मा भने नेपाली कांग्रेसका बिजय लिम्बूको बिजय निश्चित भएको छ । यो वडामा ३ हजार ६६६ मत खसेकोमा ३ हाजर ३४९ मात गणना भइसको छ । 

    यस वडामा कांग्रेसको बिजय लिम्बू एक हजार ७४१ मत ल्याएका छन् । लिम्बूको निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम कोइरालाले एक हजार १९५ मत प्राप्त गरेका छन् । एमालेका कोइरालाभन्दा कांग्रेसका लिम्बूले ५४६ मत अगाडि रहेको र गन्न ३१७ मत मात्र बाँकी रहेकोले वडा अध्यक्ष लिम्बूको प्यानलै बिजय निश्चित भएको हो । अघिल्लो निर्वाचनमा एमालेले जिते पनि यो पटक कांग्रेसले बिजयी गरेको हो । यो समाचार तयार पार्दासम्म घोषणा हुन बाँकी छ । 

    वडा नं. ४ मा ३ हजार ४९३ खसेको थियो । त्यहाँ नेपाली कांग्रेसको वडा अध्यक्षको उमेद्वार लोककिरण न्यौपाने, एमालेको प्रेम न्यौपाने र माओवादीको अम्बरबहादुर बराइलीको प्रतिस्पर्धा छ । 

    यहाँ २ हजार १७७ मत गन्दा कांग्रेसका किरणले ६६३, एमालेका प्रेमले ६१५ र माओवादीका उमेद्वार अम्बरले ४६३ मत प्राप्त गरेका छन् । यो वडा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले प्यानलै जितेको वडा हो । 

    बैशाख ३१ गते करिव १२ बजेदेखि वडा नं. १, २, ३ र ४ नम्बर वडा गणना भइरहेको छ । यी वडाहरु सकिएपछि ५, ६ र ७ नं. वडा गणना गरिने निर्वाचन आयोगले जनाएको छ । 

    नगर प्रमुखमा एमालेको मोहन तुम्बापो र उपप्रमुखमा नेपाली कांग्रेसकी कविता पराजुलीको सुरुदेखि नै अग्रता कामय रहेको छ । 
     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…