• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगर प्रमुखको उमेद्वार मोहन तुम्बापो र उपप्रमुखमा कांग्रेसकी कबिता पराजुलीको अग्रता कायम रहेको छ । 

    पथरी शनिश्चरेमा स्थानीय चुनावमा ५१ हजार ३३० मतदाता संख्या रहेपनि बैशाख ३० गते भएको निर्वाचनमा ३४ हजार २७ मत खसेको थियो । जसमध्ये वडा नं. १, २, ३ र ४ मा गरी १२ हजार ८४४ मत गणना भइसकेको छ । 

    जसमध्ये नगर प्रमुखमा एमालेको मोहन तुम्बापोले ५ हजार १६३ र नेपाली कांग्रेसको नगेन्द्र सुब्बाले ४ हजार २३९ मत प्राप्त गरेर पछ्याइ रहेका छन । एमाले उमेद्वार तुम्बापो यो समाचार तयार पार्दासम्म ९२४ मतले अगाडि छ । 

    त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी कबिता पराजुलीले ४ हजार ४३९ र एमालेकी देविमाया काफ्लेले ४ हजार ३८८ मत ल्याएका छन् । काफ्ले भन्दा पराजुली ५१ मतले अगाडि रहेका छन् । यो तथ्याङ्क सोमबार अपरान्ह ५ बजेसम्मको हो । तुम्बापो र पराजुली मग गणना भएदेखि नै अग्रता कायम रहेको छ । 

    नगरमा अघिल्लो निर्वाचनमा मत गन्न बाँकी ५, ६, ८ र १० नं. वडामा नेपाली कांग्रेस र ७, ९ मा एमालेले जितेको थियो । त्यो बेला कांग्रेसले १० मा वडा अध्यक्ष मात्र जितेको थियो भने ९ मा एमाले वडा अध्यक्षको उमेद्वारले ८ मतको अन्तरले जितेको थियो । 

    यो पटक भने ७, ९ र १० नं. वडामा माओवादी केन्द्रले जित्ने दावी गर्दै आएको हुनाले बर्तमान अग्रताकै आधारमा यसै भन्न सकिने अवस्था छैन । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…