• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगर प्रमुखको उमेद्वार मोहन तुम्बापो र उपप्रमुखमा कांग्रेसकी कबिता पराजुलीको अग्रता कायम रहेको छ । 

    पथरी शनिश्चरेमा स्थानीय चुनावमा ५१ हजार ३३० मतदाता संख्या रहेपनि बैशाख ३० गते भएको निर्वाचनमा ३४ हजार २७ मत खसेको थियो । जसमध्ये वडा नं. १, २, ३ र ४ मा गरी १२ हजार ८४४ मत गणना भइसकेको छ । 

    जसमध्ये नगर प्रमुखमा एमालेको मोहन तुम्बापोले ५ हजार १६३ र नेपाली कांग्रेसको नगेन्द्र सुब्बाले ४ हजार २३९ मत प्राप्त गरेर पछ्याइ रहेका छन । एमाले उमेद्वार तुम्बापो यो समाचार तयार पार्दासम्म ९२४ मतले अगाडि छ । 

    त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी कबिता पराजुलीले ४ हजार ४३९ र एमालेकी देविमाया काफ्लेले ४ हजार ३८८ मत ल्याएका छन् । काफ्ले भन्दा पराजुली ५१ मतले अगाडि रहेका छन् । यो तथ्याङ्क सोमबार अपरान्ह ५ बजेसम्मको हो । तुम्बापो र पराजुली मग गणना भएदेखि नै अग्रता कायम रहेको छ । 

    नगरमा अघिल्लो निर्वाचनमा मत गन्न बाँकी ५, ६, ८ र १० नं. वडामा नेपाली कांग्रेस र ७, ९ मा एमालेले जितेको थियो । त्यो बेला कांग्रेसले १० मा वडा अध्यक्ष मात्र जितेको थियो भने ९ मा एमाले वडा अध्यक्षको उमेद्वारले ८ मतको अन्तरले जितेको थियो । 

    यो पटक भने ७, ९ र १० नं. वडामा माओवादी केन्द्रले जित्ने दावी गर्दै आएको हुनाले बर्तमान अग्रताकै आधारमा यसै भन्न सकिने अवस्था छैन । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…