• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको हालसम्मको नजितामा एमाले र कांग्रेसले २–२ वडा अध्यक्ष जितेको छ ।  

    एमालेले पथरीशनिश्चरे १, २ र कांग्रेसले ३ र ४ नं. वडा अध्यक्ष जितेको हो । 

    वडा नं. १ मा ४ हजार ७९४ मत खसेको थियो । एमाले अध्यक्षको उमेद्वार भीम राईले एक हजार ९०७ मत ल्याएर प्यानलै बिजय भएको हो । निकटतम प्रतिद्वन्दी कांग्रेसका राजेन्द्र बस्नेतले एक हजार ४५८ मत प्राप्त गरेका थिए । राईले ४४९ मतको पराकिलो अन्तरमा बिजय हाँसिल गरेको हो । 
    वडा सदस्यहरुमा बसुन्धरा गुरुङ, आरति बिक, शुरेसकुमार कार्की र पूर्ण कार्की ३ देखि ४ सय मत अन्तरले एमाले प्यानल बिजय भएको हो । 

    त्यसैगरी २ नं. वडामा वडा अध्यक्षमा नैना राईको एमाले प्यानल बिजय भएको छ । 
    वडामा ३ हाजर ३९३ मत खसेकोमा अध्यक्षको उमेद्वार नैना राईले एक हजार ४४३ मत ल्याएर बिजय भएको हो । राईको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिका तामाङले एक हजार १११ मत ल्याएका थिए । 

    वडामा नैना राईसँगै अम्बिका लिम्बू, सीता दर्जि, लिलानाथ घिमिरे र चन्द्रकुमार राईको प्यानल जितेको हो । यहाँ विजेता प्यालनले १४ सय र प्रतिद्वन्द्वी कांग्रेसले ३७० को रेसियोमा मत प्राप्त गरेका थिए । 

    वडा नं. ३ मा भने बिजय लिम्बूको प्यानल बिजयी भएको हो । वडा सदस्यहरुमा चन्द्रप्रकाश चेम्जोङ, टंकप्रसाद पराजुली, सम्झना नेपाली र झम्केसरी अधिकारीको कांग्रेस प्यानल बिजय भएको हो । 
    यो वडामा ३ हजार ६६६ मत खसेको थियो । 

    जसमध्ये बिजय लिम्बूले एक हजार ८८५ मत ल्याएको थिए । लिम्बूको निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम कोइरालाले एक हजार ३२८ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा यो वडा एमालेले जितेको थियो । 

    वडा नं. ४ मा नेपाली कांग्रेसको लोककिरण न्यौपानेले १४ मतको अन्तरमा अध्यक्ष जितेका छन भने चारैजना सदस्य एमालेले जितेको छ । अध्यक्षमा न्यौपानेले ९८० ल्याएका थिए भने एमाले अध्यक्षको प्रत्यासी प्रेम न्यौपाने ९६६ मत प्राप्त गरेका थिए । ४ मा एमाओवादी केन्द्रको उमेद्वार अम्बरबहादुर बराइलीले ८३८ मत ल्याएका थिए । यो वडा अघिल्लो निर्वाचनमा माआवादी प्यानल जितेको वडा हो । 

    यस वडामा एकालेका कल्पना श्रेष्ठ, मिरा बिक, भकाबहादुर राउत र उपेनबहादुर कार्की बिजय भएका हुन् । सदस्यमा विजेता एमाले टिमले नौ सय, हजार र कांग्रेस सदस्यका उमेद्वार सात, आठ सयको रेसियोमा मत प्राप्त गरेका छन् । विजय उमेद्वारको टोलीले भने बिभिन्न स्थानमा पुगेर बिजय जुलुस मनाइरहेका छन् । 

    आज (मंगलबार, जेठ ३) साँझ ५, ६, ७ र ८ नं. वडाको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म ५ र ६ मा कांग्रेस ७ र ८ मा एमाले उमेद्वारले झिनो मतले लिड गरिरहेको छ । 
    अघिल्लो निर्वाचनमा ७ मा एमाले र बाँकी ३ वटा वडामा कांग्रेस प्यानलले जितेको वडा हो । ७ मा माओवादी केन्द्र पनि प्रतिष्पर्धामा रहेको छ । 

    समाचार तयार पार्दासम्म नगर प्रमुखमा एमालेका मोहन तुम्बापो नौ सय र उपप्रमुखमा कांग्रेसकी कबिता पराजुली ३ सयको रेसियोमा लिड गरिरहेकी छन् । प्रमुखमा नेपाली कांग्रेसको नगेन्द्र सुब्बा र उपप्रमुखमा एमालेको देविमाया काफ्लेले पछ्याइरहेको छ । भोली बुधबारसम्म मत गनिसक्ने संभावना भएको । निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले बताए । 


     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…