• उदयपुर, ४ जेठ
        उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट बिराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 

    दुर्घटनाका घाईतेमध्ये मोरङको बिराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३४ वर्षिय देबेन्द्र चापागाईको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा  राती ११ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो ।

    दुर्घटनामा घाईते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ । 

       घाईतेहरुमा मोरङ बिराटनगर महानगरपालिका– ५ चाँदनी चोकका चालक ३१ वर्षिय बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षिय सागर घिमिरे र ३५ वर्षिय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

    दुर्घटना हुनेबित्तिकै  प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…