•  २०७४ फागुन १८ शुक्रवार



    काठमाडौं । दुई पार्टीबीच एकताको नजिक पुगेको बेला एमाले र माओवादी केन्द्र सम्बद्ध मोर्चाहरुको संयुक्त बैठक बसेर एक नम्बर प्रदेशलाई किरात नामाकरण गर्न संयुक्त पहल गर्ने निर्णय भएको छ ।

    एमाले सम्बद्ध जातीय संगठन नेपाल लोकतान्त्रिक किरात राई संघ र माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ती मोर्चाको आज (सुक्रबार) काठमाडौंको कोटेश्वरमा संयुक्त बैठक बसेर एक नम्बर प्रदेशको नाम किरात राख्न संयुक्त पहल गर्ने निर्णय भएको मोर्चाका केन्द्रीय अध्यक्ष राजन किरातीले बताए ।
    दुई पार्टी एकताको मूल दस्तावेजमा पहिचानको एजेण्डा समावेस गर्न दबाब दिने, एक नम्बर प्रदेशलाई किरात नाम राख्नको लागि प्रधानमन्त्री केपी ओलाी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता लगायतका पार्टीहरुलाई ज्ञापन पत्र दिने निर्णय भएको नेपाल लोकतान्त्रिक किरात राई संघका अध्यक्ष दिवस राईले बताए ।

    बैठकमा लोकतान्त्रिक राई संघका उपाध्यक्ष सर्वधन राई, देवान राई महासचिव जीवन राई, किराती मोर्चाको तर्फबाट उपाध्यक्ष प्रकाश वान्तावा, राकेश किराती, आशा कुलुङ, महासचिव अर्जुन किराती लगायतको उपस्थिति रहेको थियो ।

    बैठकले प्रदेशको नाम किरात बनाउन चाहने विभिन्न संगठनहरूसँग छलफल गर्ने, प्रदेशमा स्थापित बिज्ञहरु, लेखक, विस्लेशकहरूसँग छलफल गर्ने लगायतको निर्णयहरु भएको लोकतान्त्रिक किरात राई संघका महासचिव जीवन राईले बताए ।




































सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …