• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालकामा बैशाख ३० गते भएको निर्वाचनमा १० मध्ये ५–५ वटा अध्यक्ष एमाले र कांग्रेसले जितेको छ । 

    नगर प्रमुखमा १३ हजार ९५६ मत ल्याएर एमालेका मोहन तुम्बापो बिजयी भएका ह्न । तुम्बापोले कांग्रेसका नगेन्द्र लिम्बूलाई १८१० मतले पछि पारेको हो । 

    प्रमुख पदका प्रत्यासी माओवादी केन्द्रका उमेद्वार दिनानाथ तिम्सिनाले ३ हजार २७६, राप्रपाको सम्बरबहादुर राईले १ हजार ७६८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बलबहादुर लिम्बूले ३३७, मंगोल नेशनल अर्गनाइजेसशनका उमेद्वार पुनम राईले ५९६ मत ल्याएका हुन् । 

    त्यसैगरी उपप्रमुखमा एमालेकै देबिमाया काफ्ले ११ हजार ७४७ मत ल्याएर बिजयी भएको हो । कांग्रेस उमेद्वार कबिता पराजुलीले ११ हजार ३९० मत ल्याएका थिए । उपप्रमुखमा ३६७ मत अन्तरले एमाले उमेद्वार काफ्लेले बिजयी हाँसिल गरेको हो । उपप्रमुखमा नेकपा एसकी उमेद्वार बिन्दादेबि राईले ४ हजार १४ मत ल्याएका थिए । 

    वडा अध्यक्षहरुमा भने एमाले र कांग्रेसले पाँच, पाँटा जितेको छ । वडा नं. १ मा ४ हजार ७९४ मत खसेको थियो । एमाले अध्यक्षको उमेद्वार भीम राईले एक हजार ९०७ मत ल्याएर प्यानलै बिजय भएको हो । निकटतम प्रतिद्वन्दी कांग्रेसका राजेन्द्र बस्नेतले एक हजार ४५८ मत प्राप्त गरेका थिए । राईले ४४९ मतको पराकिलो अन्तरमा बिजय हाँसिल गरेको हो । 
    वडा सदस्यहरुमा बसुन्धरा गुरुङ, आरति बिक, शुरेसकुमार कार्की र पूर्ण कार्की ३ देखि ४ सय मत अन्तरले एमाले प्यानल बिजय भएको हो । 

    त्यसैगरी २ नं. वडामा वडा अध्यक्षमा नैना राईको एमाले प्यानल बिजय भएको छ । 
    वडामा ३ हाजर ३९३ मत खसेकोमा अध्यक्षको उमेद्वार नैना राईले एक हजार ४४३ मत ल्याएर बिजय भएको हो । राईको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिका तामाङले एक हजार १११ मत ल्याएका थिए । 

    वडामा नैना राईसँगै अम्बिका लिम्बू, सीता दर्जि, लिलानाथ घिमिरे र चन्द्रकुमार राईको प्यानल जितेको हो । यहाँ विजेता प्यालनले १४ सय र प्रतिद्वन्द्वी कांग्रेसले ३७० को रेसियोमा मत प्राप्त गरेका थिए । 

    वडा नं. ३ मा भने बिजय लिम्बूको प्यानल बिजयी भएको हो । वडा सदस्यहरुमा चन्द्रप्रकाश चेम्जोङ, टंकप्रसाद पराजुली, सम्झना नेपाली र झम्केसरी अधिकारीको कांग्रेस प्यानल बिजय भएको हो । 
    यो वडामा ३ हजार ६६६ मत खसेको थियो । 

    जसमध्ये बिजय लिम्बूले एक हजार ८८५ मत ल्याएको थिए । लिम्बूको निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम कोइरालाले एक हजार ३२८ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा यो वडा एमालेले जितेको थियो । 

    वडा नं. ४ मा नेपाली कांग्रेसको लोककिरण न्यौपानेले १४ मतको अन्तरमा अध्यक्ष जितेका छन भने चारैजना सदस्य एमालेले जितेको छ । अध्यक्षमा न्यौपानेले ९८० ल्याएका थिए भने एमाले अध्यक्षको प्रत्यासी प्रेम न्यौपाने ९६६ मत प्राप्त गरेका थिए । ४ मा एमाओवादी केन्द्रको उमेद्वार अम्बरबहादुर बराइलीले ८३८ मत ल्याएका थिए । यो वडा अघिल्लो निर्वाचनमा माआवादी प्यानल जितेको वडा हो । 

    वडा नं ५ को अध्यक्षमा कांग्रेसको चेतेन्द्र खड्का ८८६ मत ल्याएर बिजयी भएका छन् । उनको प्रतिदन्दी महेश थापा (स्वतन्त्र, कांग्रेसको बागी) ८७३, एमालेको उमानाथ अधिकारीले ८४० मत ल्याएका छन् । 
    सदस्यहरुमा भने एमालेका विनयराज तिम्सिना, दिलबहादुर मगर, 
    तुलशा कार्की र बिना परियार निर्वाचित भएका छन् । सदस्यमा विजेताले ८ सय र प्रत्यासी स्वतन्त्रले एक सयभन्दा कम मत अन्तरले एमालेले जितेको छन । 

    वडा नं. छ मा कांग्रेसको प्यानल बिजयी भएको हो । वडा अध्यक्षका उमेद्वार कृष्णकुमार बस्नेतले १३६७ र एमालेका निर्मल कटुवालले १२५३ मत ल्याएका हुन् । 

    सदस्यमा बिजय मण्डल चन्द्रबंशी, विष्णुकुमार लिम्बू, शान्ता थापा र उज्वलता बयलकोटी निर्वाचित भएका हुन । बिजेताले १२, १३ सयको रेसियोमा भोट ल्याएका छन भने एमालेको उमेद्वारहरुले सयको हाराहारीमा कम मत प्रप्त गरेका छन् । 

    वडा नं. ७ मा ८७४ मत ल्याएर एमालेका उद्धवराज बस्नेतको प्यालन बिजयी भएका हुन । प्रत्यासी कांग्रेसका जीतन राईले ८६३ र माओवादी केन्द्रको मोहन लिम्बूले ७१६ मत प्राप्त गरेका छन् । 
    सदस्यहरुमा एमालेका उमेद्वारहरु नरेशबहादुर राई, मनिकुमार लिम्बू, सपना राई, उमा लम्जेल बिजय भएको हो । 

    बिजेता सदस्यहरुले ९५० को हाराहारीमा भोट ल्याएका थिए भने प्रतिदन्दी एमाले सदस्यहरुले ८५० को रेसियोमा भोट प्राप्त गरेको थियो । 

    त्यसैगरी ८ नं. वडामा एमालेको उमेद्वार नवीन कार्की १७१४ मत ल्याएर प्यानलै बिजयी भएका छन् । नेपाली कांग्रेसका टेकबहादुर थापाले ९५८ मत ल्याएका छन् । 

    सदस्यहरुमा झमकबहादुर लिम्बू, बाबुराम चौधरी, सान्ता योङहाङ र आरति बिकले जितेको हो । बिजेता सदस्यरुले १४, १५ सय र पराजित नेपाली कांग्रेसले हजार ५० मत ल्याएका थिए । 

    वडा नं. ९ मा नेपाली कांग्रेसका वीरबहादुर राईले १२ सय २३ मत ल्याएर एमालेका भानु राईलाई जितेका छन् । भानु राईले १०५१ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा एमालेका भानुले कांग्रेसका वीरबहादुर राईलाई आठ मतनको अन्तरले जितेको थियो । 

    सो वडामा नेपाली कांग्रेसको जित्ने सदस्यहरुमा गणेशबहादुर लिम्बु, जंगबहादुर कार्की, मञ्जु राई, कृष्णमाया नेपाली निर्वाचित भएका छन् । बिजेता सदस्यहरुले हजार ५० र पराजित एमालेका उमेद्वारहरुले हजारकै रेसियोमा मत ल्याएका थिए । 

    वडा नं. १० मा एमालेका जीवन खतिवडाले जितेका छन् । खतिवडाको प्रतिदन्दी माओवादी केन्द्रको रबिन्द्रकुमार राईले ८२२ मत ल्याएका छन् । 

    सदस्यहरुमा एमालेका दिलबहादुर कार्की, मिनाकुमारी तामाङ र मनकुमारी बिक बिजयी भए । सदसयमा विकास तामाङलाई पराजित गर्दै नेपाली कांग्रेसका वीरबहादुर बस्नेत बिजयी भएका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…