• लमजुङ, ७ जेठ

    कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य  र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्षमा बसेर काम गरेका छन् । ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन् ।

    झन्डै ४ दशक जनप्रतिनिधि भएर काम गरेका ६५ वर्षीय अर्याल पाँच वर्ष जनप्रतिनिधि भएर पुनः मेयरमा निर्वाचित भएसँगै बेसीशहर नगरपालिकाको पदभार सम्हालेका छन् । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेका उनी ०४३ सालमा बेंसीसहर गाउँ पञ्चायतको प्रधानपञ्च बने । त्यतिबेलाका चर्चित व्यक्तित्वहरू रणबहादुर अधिकारी, गणेशबहादुर रावल, बमबहादुर अर्याल, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेललगायत ७ उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च बनेका थिए । उनीसँगै जिल्लाभर ४ जना जनपक्षीय उम्मेदवारले चुनाव जितेका थिए । 

    ०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नम्बर ८ को अध्यक्षको उम्मेदवार बनायो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनाव लडेका बालकृष्ण बराल पराजित भए । भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए । ०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई फेरि बेंसीसहर गाविसको अध्यक्षमा उठायो । कांग्रेस उम्मेदवार बेंसीसहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल गाविस अध्यक्षमा निर्वाचित भए ।

    ०७४ को निर्वाचनमा पनि अर्याल कांग्रेसका भेषबहादुर पौडेललाई हराउँदै नगर प्रमुख बने । ०७४ मा एमाले–माओवादी केन्द्र चुनावी एकताबाट बेंसीसहर नगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि एमालेका उम्मेदवार अर्याल गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका हुन् । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…