•  ७ जेठ 

    जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि  तथा महासंघमा योगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि  पुरस्कार कोष स्थापाना गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा याेगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरेका हुन् । जन्म दिन मनाउने बहानामा तडक भडक नगरी ,फजुल खर्च गर्ने परिपाटीको अन्य गर्ने प्रयासस्वरुप काेष स्थापना गरिएकाे उनले बताए ।

    अध्यक्ष शाहीले आफ्नो जन्मोत्सवका अवसरमा ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन । अध्यक्ष शाहीले भने ,‘जन्मदिनमा केक काट्नु भन्दा सबै पत्रकार साथीहरुले  जति सकिन्छ केही रकम कोषमा जम्मा गर्न अनुरोध गर्छु । ' धेरै पत्रकार साथीहरुको लेखन बृद्धि गर्ने हेतुले कोष स्थापना गरेको  उनको भनाइ छ । अध्यक्ष शाहीले चेक नेपाल पत्रकार महासंघका सचिब मानदत्त रावललाई  हस्तानतरण गरिएको छ । त्यस्तै, उक्त चेक ग्रहण गर्दै  सचिब रावलले रकम सानो भए पनि यसको महत्व ठूलो रहेको बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…