• खोटाङ, १० जेठ 
    खोटाङमा प्रहरीले दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर अन्यत्र लैजाँदै गरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबाट जडिबुटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    हलेसीस्थित ट्राफिक चोकमा खटिएको प्रहरीको टोलीले सोमबार सवारी साधन चेकजाँच गर्नेक्रमका शंका लागेर चेकजाँच गर्दा दरपीठ नभएको जडिबुटी फेला परेको ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । प्रहरीले जडिबुटी, ट्रक चालक, सामानको मालिक र ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ । कागजपत्र नमिलेको र शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…