• ललितपुर, १० जेठ 

    ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् ।

    ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा  होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर महानगरमा पनि उही स्थिति छ । बागमती र महांकालमा भने माओवादीले उपाध्यक्षमा विजय प्राप्त गरेको छ ।

    महालक्ष्मी नगरको मेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका शिव कट्टेल कांग्रेसका नेताहरूले आन्तरिक द्वन्द्वको रिस गठबन्धनमा ल्याएर पोखेको आरोप लगाउँछन् । 

    उनी भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो घात गरे । गठबन्धन गरेको भन्ने, तर एमालेसँग साँठगाँठ गरेर जिताए । यो राम्रो भएन ।’

    कांग्रेस नेताहरूले मिलेको र सालिन देखाएको तर भोट भने नहालेको उनको बुझाइ छ । ‘असन्तुष्टि भए बाहिरै देखाएको भए हुन्थ्यो,’ कट्टेल भन्छन् । 
    शतप्रतिश्त गठबन्धन लागू हुनुपथ्र्यो भन्ने आफूले नसोचे पनि ५० प्रतिशत कांग्रेसको भोट आउने आफूले अपेक्षा गरेको उनको भनाइ छ । ‘तर ३० प्रतिशत पनि भोट आएन,’ उनी भन्छन् । 

    माओवादी केन्द्रका जिल्ला संयोजक हरि दाहालले कोञ्ज्योसोम, महालक्ष्मी र ललितपुर महानगरमा गठबन्धन लागू नभएको निष्कर्षमा पुगेको बताए । 
    केही दिनपछि पार्टीको बैठक बसेर गठबन्धनमा भएको धोकाको विषयमा गम्भीर समीक्षा गरिने उनले बताए ।

    तर, माओवादी केन्द्रको आरोपबारे कांग्रेस नेताहरूले हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…