• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पाँच वटा वार्षिक नगर विकास योजना, नीति कार्यक्रम तथा बजेट हेर्दा फर्निचर तथा फिक्चर्स मोह देखिन्छ । 

    आवश्यकता अनुसारको कुर्सि टेबल लगायतको फर्निचर त किन्ने नै हो । फर्निचर किन्नु पर्दा कुन कुन कार्यालय वा कस्को लागि आवश्यक हो, होइन छलफल र निर्णय पश्चात खरिद गर्नुपर्ने होला । यो बिषय पथरी शनिश्चरेको मात्र नभएर देशैभर जिम्मेवार कर्मचारी र जनप्रतिनिधिको दायित्व हुनुपर्ने हो । 

    २०७९ बैशाख ३० गतेको निर्वाचनबाट नव निर्वाचित नजप्रतिनिहरुले कार्याभार लिन नपाउदै धेरै नयाँ घुम्ने कुसी, अफिस र टि टेवल, सोफासेट कार्यालयको फर्निचर आइसकेको छ । अपवाद बाहेक प्राय सबै स्थानीय तहमा यसो भएको बुझिन्छ । 

    यसै क्रममा मोरङ पथरीशनिश्चरे नगरमा पनि भ्याटसहित १८ लाख १४ हजार ७२३ रुपैयाँको नयाँ कुर्सी, टेबल लगायतको फर्निचार समाग्री खरिद भयो । 

    पुरानो र नयाँ जनप्रनिधिहरुसँग बुझ्दा नयाँ खरिद गर्न आवश्यक थियो कि थिएन भनेर छलफल र निर्णय भएको पाइएन । पथरी शनिश्चरेको बजेट तथा नीति कार्यक्रमहरु हेर्दा फर्निचरको लागि प्रस्तावित र यथार्थ खर्च हेर्दै जाँदा आर्थिक बर्ष २०७६÷०७७ मा २२ लाख ३ हजार ७७६ रुपैयाको फर्निचर खरिद गरेको देखिन्छ । 
    पछिल्लो आर्थिक बर्षमा १३ लाख र चालु आर्थिक बर्ष २०७८÷०७९ मा १८ लाख १४ हजार ७२३ रुपैयाँ (भ्याट सहित)को नयाँ कुर्सी, टेबल लगायतको फर्निचार समाग्री खरिद गरियो । 

    वार्षिक नगर बिकास योजना पुस्तक हेर्दा तीन आर्थिक बर्षमा ४१ लाख ४८ हजार ४९९ को कुर्सि टेबल किनेको देखिन्छ । 

    यो तीन आर्थिक बर्षमा ८७ लाखको रकम बिनियोजन भएको मध्येबाट सो बराबरको खदिर भएको हो । फर्निचर मोह यस कारण छ कि तीन बर्षमा साढे ४१ लाखको कुर्सि टेबल किनेर मात्र होइन । फर्निचरमा आगामी तीन बर्षे प्रस्तावित ब्ययमा आउने (आर्थिक बर्ष २०७९÷०८०) मा ५६ लाख ६५ हजार र २०८०÷०८१ मा ६२ लाख ३१५ रुपैयाको कुर्सि टेबल किन्ने प्रस्तावित ब्यय उल्लेख छ । 

     

    जनताको सम्पति दुरुपयोग हुने गरीको नगरको फर्निचर मोह बारे समाचार आउदा २०७८ जेठ ११ गते पथरी शनिश्चरे नगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको हस्ताक्षर एउटा बिज्ञप्ति आएछ । 

    विज्ञप्तिको आसाय प्रकृया पु¥याएर फर्निचर खरिद गरेको भन्ने रहेछ । बिषय प्रकृया पुग्यो, पुगेन भन्नेसँग होइन । तीन बर्षमा साढे ४१ लाखको खरिद गर्न पथरी शनिश्चरेका जनता तयार छन, छैनन भन्ने हो । आवश्यकता हो, होइन भन्ने हो ।  

    विज्ञप्ति आयो राम्रै भयो । अब अर्को विज्ञप्ति निकालेर कुर्सी, अफिस र टि टेबल, सोफासेट कति, कतिमा किनियो ? पुरानो हालसम्मका फर्निचरहरु कहाँ थन्क्याएर राखिएको छ ? 

    कुर्सी टेबलको मात्र कुरा होइन । कार्यालय सामाग्री खरिद भनेर बार्षिक २०, २१ लाखको समान खरिद हुँदै आएको छ । बार्षिक १९, २० लाखको सवारी साधान मर्मत खर्च बिनियोजन भएको देखिन्छ । प्रशासकीय अधिकृत खरेल ज्युले पुरानो कार्यालय समाग्रीको लिष्ट र  कुन कुन सवारी साधन मर्मत गर्दा कुन कुन समाग्री खरिद गरियो बिज्ञप्ति मार्फत प्रष्ट पारिदिए नगरबासी खुसी हुन्छन् । 

    कतिपय नयाँ र निवर्तमान वडा अध्यक्षहरुले पुरानो सामाग्री राख्ने ठाउँ पनि नभएको बताइरहेका छन् । एक, डेढ बर्ष अघि खरिद गरिएको नगर प्रमुख, उपप्रमुख र १० वटै वटा अध्यक्षहरुले प्रयोग गर्दै आएको पुरानो कुर्सी, टेबल, टि टेबल, सोफासेटहरु कहाँ कहाँ, कहाँ राखिएको छ बिज्ञप्ति मार्फत जानकारी दिदा राम्रै हुन्छ । 

    बिषय नव जनप्रतिनिधिको होइन

    गत बर्ष खरिद गरिएको फर्निचर हुँदाहुँदै १८ लाख बढीको नयाँ कुर्सी टेबल पुनः खरिद भएको केही टिप्पनीसहितको समाचार आएपछि केही सामाजिक संजालहरुमा नव निर्वाचित जनप्रतिनिधि प्रति नकारात्मक टिप्पनीहरु पनि आएका छन् । समाचारमा प्रष्ट उल्लेख छ कि पुराना जनप्रतिनिधिलाई नयाँ फर्निचर किनेको थाहा नहुन सक्छ । नयाँलाई मात्र होइन निवर्तमान जनप्रतिनिधि हरुलाई पनि फर्निचर आवश्यकता बारे मूल्याङ्कण, छलफल र निर्णय भएको पाइएन । 

    त्यसैले बिषय नयाँ जनप्रतिनिधिहरुसँग होइन कि आवश्यकता मूल्याङ्कन र निर्णय नभइ फर्निचर माथि फर्निचर खरिदको साथै आगामी दुई कार्यकालसम्म खरिदको योजना बन्नु जनताको चाहना विपरित हुन आउछ । 

    बिगतको पाठ

    पथरीशनिश्चरे नगरपालिकामा लक्ष्मीप्रसाद खरेल आउनु अघिका प्रमुख प्रशासकीय अधिकृत, नगरको इन्जिनियर, सब इन्जिनियरको त भ्रष्ट्राचारको मुद्धामा हालसम्म निलम्बनमा छन् । जागिरै गएको अवस्था हो । उपभोक्ता समितिका तीन जना अख्तियारको मुद्धामा बिशेष अदालत धाइरहनु भएको छ । 

    राज्यले निशुल्क दिएको कोभिड विरुद्धको भ्याक्सिन सरकारी स्वास्थ्यकर्मीले बिक्री गरेको (पैसा लिएको प्रमाण) बिषय सञ्चार माध्यमहरुमा आयो । यी बिषयहरुबाट पाठ सिक्ने कि नसिक्ने । 

    नगरपालिकामा सीसीटिभी र डिजिटल हस्ताक्षर चल्दैन । नगरपालिकामा मात्र होइन पथरी नगर अस्पतालको डिजिटल हस्ताक्षर प्रयोगमा छैन । सुधार र अनियमिताको कुरा उठाउने साथ राजनीतिक लेपन लगाउने प्रयास गर्नुले पनि बेथितिलाई थितिमा ल्याउन समस्या बन्दै आएको । यी तमाम दृष्टान्तवीच पथरी शनिश्चरेमा नयाँ जनप्रतिनिधिहरु आएका छन् । पुरानो दृष्टान्तहरुलाई शिक्षाको रुपमा लिएर नयाँ जनप्रतिनिधि र कर्मचारीहरुले नयाँ ढंगले जनताको सेवामा लाग्छन भन्ने विश्वास गरौं । 


     

सम्वन्धित समाचार

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…