• काठमाडौं,   १८ जेठ 

    मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । 

    मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ विमान सोमबार बिहान मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

    सोमबार नै १० जनाको शव काठमाडौं ल्याइएको थियो भने बाँकी १२ जनाको शव मंगलबार ल्याइएको हो । 

    शव पोष्टमार्टमका लागि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिएको छ । पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारजनलाई बुझाइनेछ । 

    तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा  दुर्घटनामा परेको थियो ।  विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।

    (यस समाचारमा असम्बन्धित् तस्बिर पर्न गएकाले क्षमा माग्दै सच्याइएकाे छ ।)

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…