• मोरङ । ठूला सहरमा देखिने गरेको मिटर ब्याज (लाखको दैनिक हजार ब्याज) समस्या मोरङको पथरी शनिश्चरेमा बेलाबेलामा देखा पर्ने गरेको छ । 
    मिटर ब्जाय कारोबार गैर कानूनी कार्य हो । कागजी रुपमा कही कतै उल्लेख नभएपनि मिटर ब्याजकै कारण पथरीशनिश्चरेका तीन जनाको नाममा १ करोड ९ लाखको चेक बाउन्स (अनादर) भएपछि समस्या सतहमा आएको छ । 
    मोरङ पथरीशनिश्चरे ९ का निबर्तमान वडा अध्यक्ष भानुभक्त राईकी श्रीमती देबीमाया राईको नाममा कुमारी बैंक उर्लाबारी शाखाको खाता नं. ०२०००४९३५६०००००१ र ५०५३११६५ नं.चेकमा ७५ लाख रकम भरेर इन्द्रकुमारी लिम्बूले बैंकमा पु¥याएका थिए । २०७९ बैशाख ४ गते ७५ हजार रकम भरिएको चेक २२ गते बैंक पुगेको थियो । 
    सोही वडाका प्रदिपकुमार राईको नाममा एक्सेल डेभलपमेन्ट बैंक लि. शनिश्चरे शाखाले २५ लाख र पथरीकी लिला कुलुङ राईको नाममा कुमारी बैंक पथरी शाखाबाट ९ लाखको चेक बाउन्स गराइएको छ । चेक बाउन्स गराउने ब्यक्ति भने पथरी शनिश्चरे ९ कि ३७ बर्षिय इन्द्रकुमारी लिम्बू हुन् । 
    खाली चेकमा चलाएको ऋणभन्दा १८ गुनाभन्दा बढीको चेक बाउन्स गराइएपछि भानुभत्त राई परिवारमा समस्या उत्पन्न भएको हो । 
    घट्ना बिवरण अनुसार पथरी शनिश्चरे नगरको निवर्तमान ९ नं. वडा अध्यक्षसमेत रहेका भानुभक्त राईकी श्रीमती देबीमाया राईले करिव एक बर्ष अघि इन्द्रकुमारी लिम्बूबाट ४ लाख ऋण चलाएका थिए । 
    ऋण लिएपछि देबीमाया राईले कुमारी बैंक उर्लाबारी शाखामा खाता रहेको खाली चेक हस्ताक्षर गरेर लिम्बूलाई दिएका थिए । ऋण लिएको करिब एक बर्षमा चार लाखको १४ लाख बढी ब्याज बुझाएको देबीमाया राईसँग हिसाब देखाउछिन । खातामा ब्यालेन्स नभएको खाली चेक दिएको बाहेक इन्द्रकुमारी र देबमिाया दुबैजनासँग लिखत, प्रमाण छैन् । 
    कुमारी बैंकको उर्लाबारी शाखाबाट चेक बाउन्स (अनादर)को पत्र निवर्तमान वडा अध्यक्ष भानुभक्त राई, देबीमाया राईको घरमा आएपछि घर परिवारको समस्या समाधानमा उपाए खोजिदै आएको राईले बताए । 
    खाली चेकमा आफै रकम भरेर २५ लाखको बाउन्स भएका प्रदिप राई र ९ लाखको बाउन्स भएकी लिला कुलुङ राईले इन्द्रकुमारी लिम्बुबाट ऋण नचलाएको बुझिएको छ । प्रदिप र लिलाको खाली चेक हस्ताक्षर गराएर सम्झना राईले इन्द्रकुमारी लिम्बूलाई पु¥याइ दिएका थिए । सम्झना प्रदिपकुमार राईको भान्जी हुन् । 
    भान्जी सम्झनाले चेक देखाएर मात्र ऋण (रकम) लिने भनेर मामा प्रदिप र साथी लिलालाई हस्ताक्षर गराइ खाली चेक लगेको बुझिन्छ । 
    सो दुई वटा चेक दिएर सम्झना राईले इन्द्रकुमारी लिम्बूबाट सात लाख ऋण लिएको देखिन्छ । उक्त चेकहरुमा रकम छैन भन्ने कुरा इन्द्रकुमारी लिम्बूलाई पहिल्यै थाहा भएको सम्झनाको भनाइ छ । आफूले ऋण लिएपछि अढाइ लाख जाति ब्याज तिरेको सम्झनाले बताए । 
    इन्द्रकुमारी लम्बूले देबीमाया राई, प्रदिपकुमार राई र लिला कुलुङ राईको खाली चेकमा  आफै रकम भरेर कुमारी बैंक उर्लाबारी, पथरी र एक्सल डेभलपमेन्ट बैंक लि. शनिश्चरे शाखा पु¥याएका थिए । 
    उक्त बैंक खाताहरुमा रकम छैन भनेर थाहा हुँदाहुदै चेक लगेर देखाउने र अनादर(बाउन्स) भएको पत्र दिन इन्द्रकुमारी लिम्बूले बैंकको शाखाहरुमा निबेदन दिएपछि बैंकले देबीमाया, प्रदिप र लिलालाई पत्र लेखेको बुझिन्छ । 
    बैंकबाट पत्र आएपछि इन्द्रकुमारी लिम्बूसँग भेट गरी ४ लाखको चलनचल्तिको ब्याज दिन्छौ चेक फिर्ता देउभन्दा नदिएको र अशुल गरेरै छाड्छु भनेपछि आफूहरु ठगिएको भन्दै वडा अध्यक्ष भानुभक्त राईले बिहिबार (जेठ १९)मा इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका छन् ।  पीडित भानुभक्त राइले इन्द्रकुमारी लिम्बूले मुलुकी राईले बिपक्षी इन्द्रकुमारी लिम्बूलाई अपराध संहिता २०७४ को दफा २५३ उपदफा २ बिपरित कार्य गरेकोले दफा ३ को उपदफा ३(क) र (ग) बमोजिम कारबाही माग दाबिसहित उजुरी दिएका हुन् । 
    उजुरी परेपछि इप्रका पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमले इन्द्रकुमारी लिम्बू, उनको पति लोकहादुर लिम्बू लगायतलाई बोलाएर छलफल गराउदा इन्द्रकुमारीले सो बराबरको ऋण दिएकैले चेक लिएको बताइन् । 
    चार लाख ऋण लिने देबीमाया राई समान्य गृहणी हुन् । ७५ लाखसम्मको ऋण लिनुपर्ने र कारोबार गर्नुपर्ने कुनै ब्याबसाय छैन । चेक बाउन्समा पारिएको प्रदिप राई र लिला कुलुङ राईले इन्द्रकुमारीसँग ऋण लिएको बुझिन्दैन । मामा प्रदिप र साथी लिलाको दुई वटा खाली चेक बुझाएर ७ लाख ऋण लिने सम्झना राई पनि इन्द्रकुमारी सँग ३४ को ऋण लिएर ब्याबसाय गर्ने आर्थिक हैसियत देखिन्न । 
    पथरी शनिश्चरे नगरकी निवर्तमान उपप्रमुखसमेत रहेका न्यायिक समितिको संयोजक यमुना बिष्ट बास्तोलाले मिटर ब्याज समाजिक समस्याको रुपमा रहेको बताउदै आएका थिए । 
    समाजको समस्याको रुपमा रहेको मिटर ब्याज कारोबार आइन्द नगर्ने सर्तमा समान्य ब्जाज हिसावमा सहमति गराएर केही मुद्धा मेल मिलाप गराइ दिएको बिष्टले बताउदै आएका थिए । सामाजिक समस्याको रुपमा बढ्दै गएको मिटर ब्याज ऋण कारोबारप्रति पथरी शनिश्चरेबासी सचेत रहनुपर्ने अवस्था छ । 
     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…