• भक्तपुर,  २४  जेठ

    भक्तपुरको लिवालिस्थित वाल विकास सेकेण्डरी स्कूलले गरेको दुईदिने आँखा शिविर सोमबार सम्पन्न भएको छ । कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपनका लागि शिविर गरेको स्कूलले जनाएको छ । तिलगंगा आँंखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

    बालबालिकाको पढाईमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक वर्ष झै यो वर्ष पनि शैक्षिक सत्रको शुरुवाती दिनमै आखा शिविर संचालन गरिएको जनाइएको छ । शिविरमा कक्षा एकदेखि कक्षा दशसम्मका जम्मा आठ सय ३३ जना बालबालिकाहरु लावान्वित भएका छन् । 

    परीक्षणका क्रममा केही बढी समस्या देखिएका विद्यार्थीहरुलाई सामुदायिक आखा केन्द्र च्याम्हासिंह रेफर गरी अभिभावकलाई सो सम्बन्धि जानकारी दिने कार्य पनि गरिएको जनाइएको छ ।

सम्वन्धित समाचार

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …

 आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उ…

चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्…

 नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँप…