• रसुवा, २५ जेठ

    बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो।

    केन्द्रको सुदृढीकरणकf लागि सामग्री खरिद गरेर हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रलाई ४१ इन्चको स्मार्ट टेलिभजन, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पावर ब्याकप सिष्टम र भिस्याट फोन सेट हस्तान्तरण गरिएको हो।

    मन्त्रालयले रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा बागमती प्रदेशमा विपदको अवस्था, हालसम्म भएका कार्य, आगामी दिनका योजनालगायतका बारेमा छलफल भएको थियो।

    साथै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले जिल्लाको विपदको अवस्था, सुरक्षा निकायले गरेका कार्यलगायतका बारेमा जानकारी गराएका थिए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…