• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा नयाँ जनप्रतिनिधिहरु आएपछि प्रशासनिक सुधारको संकेत देखिएको छ । 
    निर्वाचनपछि पहिलो कार्यपालिका बैठक जेठ २३ गते बस्यो । स्वास्थ्यसँग सम्बन्धित र नयाँ आर्थिक बर्षको लागि बजेट तर्जुमा र राजस्व परामर्स समिति गठन लगायतको निर्णयहरु भएको छ । 
    नगरपालिका कार्यालयमा प्रयोग बिहिन अवस्थामा रहेको सीसीटिभी र डिजिटल हस्ताक्षर तुरुन्त सञ्चालनमा ल्याउन निर्देशन दिएको नगर प्रमुख मोहन तुम्बापोले बताए । पथरी नगर अस्पतालमा जडान गरिएको डिजिटल हस्ताक्षर प्रयोग बिहिन अवस्थामा थिए । नगरको बिभिन्न कार्यालयहरुमा प्रयोग बिहिन अस्थामा रहेको डिजिटल हस्ताक्षर प्रयोगमा ल्याइने नगरप्रमुख मोहन तुम्बापोले बताए । 
    डिजिटल हस्ताक्षर प्रयोगमा आए कर्मचारीहरु समयमा आउने र निस्कनु पर्ने हुन्छ । सीसीटिभिले निरन्तर निगरानी राख्नेहुनाले अनुशासनमा बस्नुपर्ने बाध्यता हुन्छ । जसले गर्दा जनताले समयमा सेवा पाउने अपेक्षा हुन्छ । 
    यस अघि नगरपालिकामा खर्च गरेर सीसीटिभि, पथरी अस्पतालमा जिजिटल हस्ताक्षर राखिएपनि प्रयोगमा ल्याइएको थिएन । यस बिषयमा रातोकलम डटकम लगायतका सञ्चार माध्यमहरुले समाचार प्रकाशन गर्दै आएको थियो । 
    नगर प्रमुख मोहन तुम्बापो बिधि, बिधान र अनुशासनको दायराभन्दा बाहिर गएर काम नगर्ने ब्यक्तिको रुपमा परिचित छन् । पथरी शनिश्चरे नगरका बिभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताको साथ पाएमा बिगतको भन्दा प्रशासन बलियो हुने र जनताले चुस्त सेवा पाउने आंकलन गरिएको छ । सीसीटिभी र डिजिटल हस्ताक्षर सञ्चालनको निर्देशन प्रशासनिक सुधारको एउटा संकेतको रुपमा लिन सकिन्छ । 

    रातोकलम सँगको छोटो भेटमा प्रमुख तुम्बापोले पथरी नगर अस्पताल भनेर स्थापित भएपनि नेपालको संघीय र प्रदेश सरकारले हालसम्म अस्पतालको मान्यता नदिएको आफूले पाएको बताए । सो अस्पतालले हालसम्म स्वास्थ्य चौकीको मात्र सुबिधा पाउँदै आएको प्रमुख तुम्बापोले खुलाए । जनताले सो बिषय थाहा नपाएको कारण पनि अपेक्षा र यथार्थ फरकहुने गरेको रहेछ । 
    सो अस्पतालको अधिकांश खर्च नगरले नै बेहोर्नुपर्ने भएको कारण नगरमा साधारण खर्च बढी देखिने गरेको नगर प्रमुख मोहन तुम्बापोले बताए । नगर अस्पतालमा बिरामीहरुको सेवाको लागि त्यहाँको प्रशासन र कर्मचारीहरु के कसरी परिचालित भएका छन बुझेर सुधार आवश्यक भए लागि पर्ने बताए । नगर कार्यपालिका मात्र होइन नगर सभा सदस्यहरु एकादुई बाहेक युवाहरुको उपस्थिति बलियो भएकाले पनि नगरमा बिगतभन्दा जन सेवा र बिकृति विरुद्ध जुटेर लाग्छन भन्ने अपेक्षा गर्न सकिन्छ । 
    कार्यपालिकाको पहिलो बैठकले आर्थिक रूपले अति बिपन्न परिवारका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्ने, पथरी नगर अस्पतालको सुत्केरी केन्द्रसम्म आउन र घर जानका लागि सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको ब्यबस्थापन गरिने, कार्यबिधि तयार गरि अति बिपन्न परिवारका लागि मृत्यु राहत कोष खडा गर्ने, सामुदायिक र सस्थागत शिक्षण सस्थाको पठनपाठनमा एकरूपता ल्याउन पहल गर्ने निर्णय भएको छ । 
    बैठकले नगर उपप्रमुखको संयोजकत्व रहने स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ । पहिलो बैठकमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेद्प्रसाद गौतमले बढदो लागू औषध दुर्ब्यसनी रोकथामको उपायका बारेमा र सब डिभिजन बन कार्यालय पथरी प्रमुख सुरेन्द्र कार्कीले बन संरक्षण र त्यस्को दिगो ब्यबस्थापनका कानूनी प्रावधान र स्थानीय निकायको भूमिका बिषयमा धारणा राखेका थिए । 
     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…