• धनगढी,  २८  जेठ

    भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ । यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा विस्तार गर्दै शुक्रबारदेखि सेवा आरम्भ गरेको हो ।  

    धनगढी–३ बोराडाँडीमा दुई अर्ब लागतमा बनेको व्यापारिक मलबाट शुक्रबारदेखि भाटभटेनीले कारोबार सुरु गरेको हो । १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन निर्माण गरेर भाटभटेनीले खाद्यान्न, लत्ताकपडा, विद्युतीय,  कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध गराएको छ ।

    शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…