रचना- बिरेन्द्र कुमार साह
आफ्नो हातको नड्ग्रा खियाएर
थकित अनि चिन्तित भए ता पनि
तिम्रो शालीन भबिष्यको कल्पना गर्दै
मस्त निन्द्रामा म बिलिन भएको थिएँ
बादलहरुले एउटा समूह बनाएर
आफ्नो काहाली लाग्दो आवाजले
तर्सित अनि भयभित बनाएको थियो
आफ्नो थकाइलाई मेट्न नपाउदै
जब हावाको वेगले सानो झुपडीलाई
छेदबिच्छेद बनाइरहेको थियो
म दर्शक बन्न शिवाय
केही गर्न सकिनँ
तर पनि मेरो सानो झुपडीले
धेरै संघर्ष गर्यो तर सकेन
आकाश रिसाएर गड्यङ्ग गर्जियो
अनि मुसलधारे बर्षा गरायो
म सँग तिम्रो सानो शरीर छोप्ने एउटा
सानो छतसम्म थिएन
तिम्री आमाले तिमिलाई न्यानो बनाउन
अनेकन प्रयास गरिन तर हारिन
यो स्वार्थी संसारलाई हेर्न नपाउदै बाबू
तिमी दैबको प्यारो भयौ
म रोएँ धेरै बेर रोएँ
अनि मुर्छित हुँदै कराएँ तर के गर्नु?
गरिबको आशुको कुनै मुल्य नहँुदो रहेछ
मनका ईच्छाहरुलाई तिलाञ्जली दिँदै
प्रेमले भरेको मेरो आत्मालाई
कठोर अनि निर्दयी बनाउदै
मेरो यहि हातले तिमीलाई
पानीमा बगाएँ
म कस्तो अभागी बुवा
जिउँदो हुँदा त खुशी दिन सकिन
मर्दा एक गज जमिनसम्म दिन सकिनँ
जाउ धेरै टाढा जाउ बाबू
कतै जमिन भेटे आमालाई
भेटेको महसुस गर्नु जाउ
धेरै टाढा जाउ बाबू
धेरै टाढा जाउ
सुनबर्शी नगरपालिका वडा न २
हाल बिराटनगर १० सम्पर्क-९८०४०५५२६५,९८०४०१६३९४