• तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका सिम्लेका महेन्द्रप्रसाद निङ्लेकु विद्युत् महसुल तिर्न हरेक महिना जिरीखिम्ती बजार पुग्छन् । उनको घरमा मासिक ६० रुपैयाँसम्म बिल उठ्छ । तर, पायक स्थानमा महसुल संकलन केन्द्र नहुँदा चर्को भाडा तिरेर जिरीखिम्तीसम्म आउने उपभोक्ता धेरै छन् ।
    ‘सिम्लेबाट जिरीखिम्तीसम्म ट्याक्सीले सात सय रुपैयाँसम्म भाडा लिन्छ,’ उनले भने, ‘आउँदा–जाँदा ट्याक्सीलाई एक हजार ४०० सय खर्च हुन्छ । खाजा पनि खानै प¥यो । दुई हजार जति खर्च हुन्छ ।’ जिल्लाको पूर्वी क्षेत्रका फेदाप र आठराई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भइरहेको छ। महसुल लिने केन्द्र नजिकै नहुँदा ६० रुपैयाँ मासिक महसुल बुझाउन दुई हजार रुपैयाँ खर्च गर्न उपभोक्ता बाध्य छन् । दुई गाउँपालिकाका विभिन्न वडाका एक हजारभन्दा बढी उपभोक्तालाई महसुल बुझाउन जिरीखिम्ती आउन एक दिन लाग्ने गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…