• भैरहवा, १ असार 

    संयुक्त राष्ट्र संघका उपमहासचिव कानी विग्नराजाले लुम्बिनी विश्‍व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र बन्दै गएको बताएकी छन् । 

    नेपाल भ्रमणमा रहेकी यूएनडीपीका एसिया प्रशान्त क्षेत्रीय ब्यूरो निर्देशकसमेत रहेकी विग्नराजाले लुम्बिनी विश्‍व शान्तिका लागि प्रेरणास्थल रहेकाले अवलोकन गर्न आएको बताउँदै ऐतिहासिक, सांस्कृतिक र अध्यात्मिक रुपमा संसारकै पवित्रस्थल रहेको पनि बताइन् । 

    लुम्बिनी ग्राममा पिपलको विरुवा रोप्दै उनले भनिन्, ‘यहाँबाट प्राप्त हुने ऊर्जा र पुण्य सबैको हितकारी हुन्छ ।’

    उनको नेतृत्वमा आएको टोलिका सदस्यहरूले बुद्ध जन्मस्थल मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरी दीप प्रज्जवलनसहित प्रार्थना गरे । 

    उनलाई लुम्बिनी क्षेत्र विकास कोषका सूचना अधिकारी हरिध्वज राईले कोषले गरेको काम, संरक्षणको प्रयास र गुरुयोजनाबारे जानकारी दिए । 

    सन् २००८ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघ महासचिव वानकी मुनपछि राष्ट्रसंघका पदाधिकारीको यो उच्चस्तरीय भ्रमण हो ।

    संयुक्त राष्ट्र संघीय कार्यक्रम दिगो विकास लक्ष्य पूरा गर्न लुम्बिनी बौद्ध विश्‍वविद्यालय र यूएनडीपी नेपालबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

    विश्‍वविद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्य र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागंगोडा लाबेले हस्ताक्षर गरेका थिए ।

    पाँच वर्षे योजनाअन्तर्गत तीन बुँदामा समझदारी भएको हो । बृहत्तर लुम्बिनी विकास योजनाअन्तर्गतका क्षेत्रमा स्थानीय समुदायको स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिकस्तर उकासेर जीवनयापन सहज बनाइने उल्लेख छ । 

    लुम्बिनीलाई ‘क्लिन’ र ‘ग्रिन’ बनाउन वातावरण संरक्षण गर्न विभिन्न कार्यक्रम गरिने पनि भएको छ।  

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…