• काठमाडौं,  ३ असार 

    गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ ।

    किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।  

    भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयंकै छ । 

    प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन  र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् ।   

    भिडियोको लिंक : https://www.youtube.com/watch?v=ato-TAUrrns&fbclid=IwAR0DFvwRH3onvdAGh_GXlcXohVUdIJxGsMZ8Qbbmv4CbZ_vSbNWIaIA_EZA

सम्वन्धित समाचार

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …

काठमाडौं, ११ माघ  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले…

काठमाडौं, ९ माघ  नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ती…

काठमाडाै‌, ८ माघ  साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सुन…